२०७८ असार ७ , सोमवार

कोरोना संक्रमितको संख्यामा कमी, २४ घण्टामा नेपालमा थपिए ६९३९ जना मात्रै संक्रमित, मृत्यु हुनेको संख्या पनि घट्यो

Corona

सुनाखरी न्युज/ काठमाडौं – पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या ६,९३९ पुगेको छ ।  भाइरस संक्रमणमुक्त हुनेको संख्या ७,२२६ पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,९३९ जना नयाँ संक्रमित भेटिँदा ७,२२६ जना संक्रमणमुक्त भएका हुन् । २० हजार ४१४ पीसीआर परीक्षणमा ६७३१ र ५७८ एन्टिजेन परीक्षणमा २०८ जना गरी पछिल्लो २४ घण्टामा ६,९३९ नयाँ संक्रमित भेटिएका हुन् । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ लाख ४२ हजार २५६ पुगेको छ । जसमध्ये १ लाख १६ हजार ४७६ जना सक्रिय संक्रमित रहेका छन् ।

 

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १०६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ६,९५१ पुगेको छ ।