२०७८ असार ६ , आइतवार

नेप्सेमा सामान्य अंकको गिरावट

nepse

सुनाखरी न्युज/ काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज बिहिबार सर्वाधिक कारोबार भएर नयाँ रेकर्ड कायम भएको छ । आज नेप्सेमा १४ अर्ब ७६ करोड ८८ लाख बराबरको करोबार भएको छ । यो कारोबार हालसम्मकै उच्च हो । यसअघि नेप्सेमा २०७७ जेठ १० गते सोमबार १३ अर्ब १७ करोड ५३ लाख बराबरको करोबार भएर नयाँ रेकर्ड कायम भएको थियो ।

 

आज नेप्से १.२० अंकले घटेर दुई हजार आठ सय १५ दशमलब ४० विन्दुमा थामिएको छ भने आज कारोबार भएका समूहमध्ये ६ समूह बाहेक अन्य समूह बढेका छन् । नेप्सेका अनुसार आज २० कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । त्यस्तै, आज नेरुडे लघुवित्त विकास बैंक र समता घरेलु लुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् भने कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार अपि पावर कम्पनीको भएको छ ।