२०७८ असार २ , बुधवार

चक्रवात यासको प्रभावः ३ दिन सम्म भारी वर्षा र हिमपातको सम्भावना

सुनाखरी न्युज/ काठमाडौँ —

जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखा ले आगामी तीन दिन मुलुकका विभिन्न भूभागमा आंशिकदेखि भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ । हाल बंगालको खाडीमा रहेको यास नाम गरिएको चक्रवातको आंशिक प्रभावका कारण नेपालको मौसममा पनि परिवर्तन देखिएको महाशाखाले प्रष्ट पारेको हो ।

 

त्यस्तै आगामी २४ घण्टामा प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशको एक वा दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ पनि महाशाखाले जनाएको छ । गण्डकी, बागमती र प्रदेश १ का हिमालीर उच्च पहाडी भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातरवर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाको अनुरोध छ ।

अहिले प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ।साथै प्रदेश १, प्रदेश २ बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा वर्षा भइरहेको छ ।

त्यस्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विज्ञप्ति जारी गर्दै बस्तीनजिक बाढी, पहिरो र डुबान जोखिम आकलन गरी सुरक्षाकर्मी एवं पालिकासँगको समन्वयमा सुरक्षित स्थानमा सर्न अनुरोध गरेको छ । त्यस्तै पर्वतारोहणका लागि हिमालतिर गएको टोलीलाई तुरुन्त फिर्ता बोलाउन पनि प्राधिकरणले सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।