२०७८ असार ८ , मंगलबार

कोरोना नियन्त्रणमा भन्दा सत्ता खेलमा प्रयोग, जनतामा त्राश सृजना : नेपाली काँग्रेस (वी. पी.)

सुनाखरी न्युज/ काठमाडौँ – कोरोना संक्रमणको दोस्रो भेरियन्ट देशका विभिन्न स्थानमा फैलिएसँगै स्थानीय प्रशासनले काठमाडौ उपत्यका लगाएत विभिन्न जिल्लाहरुमा निषेधाज्ञा लागु गर्दै आएको छ । नेपाल सरकारको स्वास्थ्य मन्त्रालयको डाटामा नै पछिल्लो समय काठमाडौ उपत्यकामा संक्रमितको दर घटेको देखिएको छ ।

 

यस अवस्थामा जनस्वास्थ्यका मापदण्ड कडाइका साथ लागु गर्दै दैनिकी जनजीवनलाई सहजीकरण गर्नुपर्ने अवस्थामा पछिल्लो समय काठमाडौ उपत्यकाका तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट जारि निषेधाज्ञा बिहीवार १३ गते मध्यरातबाट सकिदै गर्दा थप गरिएको निषेधाज्ञालाई झन कडा गरिएको प्रति नेपाली काँग्रेस (वी. पी.) को गम्भीर ध्यानाकर्षण भएको छ । कोरोना नियन्त्रणमा भन्दा सत्ताको फोहोरी खेल खेल्दै जनताको जिवन माथि खेलवाड गरि जनताको मृत्युमा रमाइलो मान्दै कुर्सि तानातानमा रमाएका राजनैतिकदलहरूले महामारी बजाबजाएर आउने होइन अकस्मात आउने हो भन्दै जनतालाई घरमै राख्दै गर्दा हाल सम्म पनि कुनै राहतको प्याकेज घोषणा गर्न नसक्ने सरकारमा प्रश्न दैनिक ज्यालादारी, मजदुर, विद्यार्थी, श्रमजीवीहरुमा हप्ता दिनको खाद्यान्न किन सक्ने आर्थिक कसरी हुन सक्छ ? यसतर्फ नसोचि जनतालाई रोगले भन्दा भोकले मर्न बाध्य पारिदै छ । निजि तथा सार्वजनिक विकास निर्माणका काम रोक्ने कार्य, खाद्यान्न तथा डिपार्टमेन्ट स्टोर बन्द हुँदा निम्न वर्गीय नागरिक तथा ज्यालादारी श्रमजीवी मजदुर एवं विद्यार्थीमा प्रत्यक्ष अशर पर्ने हुँदा निर्णयलाई पुनः विचार गर्न प्रमुख जिल्ला अधिकारीहरुमा अनुरोध छ । साथै गत वर्षको लकडाउनमा पनि जनता रोगले भन्दा भोगले मर्न पर्ने अवस्थ सृजना भए पछि हाम्रो पार्टीले वालुवाटारमा भिख मागेको स्मरण गराउँद छौं ।

 

पछिल्लो समयको राजनैतिक परिवर्तनको सम्भावित घटनाक्रमलाई मध्यनजर गरि सरकार तथा विपक्षी गठबन्धनहरु कोरोना नियन्त्रणमा भन्दा सत्ता खेलमा केन्द्रित गरि जनतामा त्रास सृजना मात्र गरिएका छन । आम-नागरिक अत्यावश्यक काममा तथा दैनिकी चलाउन बाहिर निस्कदा कोरोनाको त्रास हुने सरकारको नियम उल्लंघन हुने र एउटा साधारण नागरिकलाई आफ्नो सम्पूर्ण सम्पत्तिबराबरको जरिवाना तथा कैद सजायको अध्यादेश ल्याउने तर सरकार तथा प्रधानमन्त्री कार्यालयमा विभिन्न बहानामा भिडभाड गर्दा एवं विपक्षीहरु दलबल सहित अदालत तथा अन्य स्थानमा भिडभाड गर्दा निति नियम पालना गरेको हुने कस्तो नियम हो ? तसर्थ : जनतालाई कोरोनाको त्रास सृजनाबाट मुक्ति दिदै सत्ताको खेलमा भन्दा कोरोना नियन्त्रणमा प्रभावकारी रूपमा लागन सबैलाई नेपाली काँग्रेस (वी. पी.) अपिल गरेको छ ।

 

आम-नागरिक, व्यापारी, श्रमजीवी मजदुर तथा विद्यार्थी एवं किसानलाई राहत बिना सत्ता लम्ब्याउने मनशायबाट मात्र अध्यादेश जारि भएको तथा स्वास्थ्य संकटकाल सम्मको तयारी सरकारबाट भएकोले तत्काल राहतको प्याकेज बिना स्वास्थ्य संकटकाल नगर्न र अध्यादेशमा कदै, जरिवाना तथा सजायलाई पुन:विचार गर्न सरकारलाई अनुरोध छ । नेपाली काँग्रेस (वी. पी.) कोरोना विरुद्धको लडाइँमा एक भई लडन सम्पुर्ण मानवजाति तथा नेपाली आम-नागरिकमा हार्दिक अनुरोध गर्दछ । साथै कोरोना नियन्त्रणमा भन्दा सत्ता खेलमा प्रयोग भइ जनतामा त्राश सृजना भएकोले कोरोना कहरका बिच सडकमा आउन बाध्यता अवस्था सृजना भएमा सडकमा आउन उद्योगि तथा व्यसायि, श्रमजीवी मजदुर, विद्यार्थी एवं सम्पुर्णमा अपिल गर्दछ । कोरोना कहरमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्य कर्मि, सुरक्षा कर्मि एवं पत्रकारलाई समेत विशेष भत्ता तत्काल उपलब्ध गराउन पनि जोड्दार माग गरेको छ ।