२०७८ असार ७ , सोमवार

स्थापना दिवसमा प्रेस युनियन कास्कीद्वारा शुभकामना

सुनाखरी न्युज/ पोखरा – नेपाल प्रेस युनियनको ३० औं स्थापना दिवसमा नेपाल प्रेस युनियन कास्कीले शुभकामना व्यक्त गरेको छ । नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले विज्ञप्ति प्रकाशित गरी शान्ति, लोकतन्त्र, प्रेस स्वतन्त्रता, सूचनाको हकप्रति सदैव प्रतिवद्व रहदै आम श्रमजीवीको पेशागत अधिकार सुनिश्चितताका लागि युनियन कटिवद्व रहेको जनाउनु भएको छ ।

 

श्रमजीवी पत्रकारहरुको हकहित संरक्षणमा स्थापनाकालदेखि नै युनियनले भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै हालसम्म युनियनको विकास र विस्तारमा योगदान पु¥याउने सबैप्रति सम्मान व्यक्त गरिएको छ । कोराना महामारीका कारण सृजना भएको असहज अवस्थामा पनि जनतालाई सुुसुचित गर्ने अभियानमा उच्च मनोबलका साथ पत्रकारहरुले निर्वाह गरेको भूमिकाको सम्मान गर्दछौ, विज्ञप्तिमा भनिएको छ ।

 

विज्ञप्तिमा यतिबेला पत्रकारको स्वास्थ्य सुरक्षाको सवाल अत्यन्त महत्वपूर्ण रहेको भन्दै सतर्कता अपनाएर कार्यक्षेत्रमा खट्न आग्रह गर्र्दै पत्रकारका समस्यामा युुनियन सदैव साथमा रहने उल्लेख गर्नुभएको छ । कोरोना संक्रमित पत्रकारको शिघ्र स्वास्थ्थ लाभको कामना गर्दै दिवंगत पत्रकारप्रति श्रद्वाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।