२०७८ असार ७ , सोमवार

नाइजेरियामा डुंगा दुर्घटना, २ सय यात्रु डुबे

सुनाखरी न्युज/

एजेन्सी – अफ्रिकी मुलुक नाइजेरियामा २ सय यात्रु सवार एक डुंगा डुबेको छ ।

नाइजेरियाको दक्षिणी क्षेत्रमा रहेको केबी जिल्लाका लागि सवार डुंगा टुक्रिएर डुबेको हो । डुंगामा सवार पाँच जनाको भने उद्धार गरिएको छ । डुंगामा सवार २ सय मध्ये अधिकांश महिला र बालबालिका रहेका छन् ।

८० यात्रुको क्षमता रहेको उक्त डुंगामा क्षमता भन्दा बढी यात्रु रहेकै कारण दुर्घटना भएको अनुमान गरिएको छ । डुंगामा सवार ब्यक्तिहरुले सुनखानीबाट बालुवा समेत उक्त डुंगामा लोड गरेकोले भार थेग्न नसकी दुर्घटना भएको बुझिएको छ । डुंगामा सवार अन्यको खोजी जारी छ ।