२०७८ जेठ ३० , आइतवार

‘कोभिड -१९ निषेधाज्ञ ’ सचेतनामुलक अभियानलाई पर्वत प्रहरीको निरन्तरता

सुनाखरी न्युज/ काठमाडौँ -पर्वत – बिश्वभरी फैलिदै गईरहेको नया भेरिएन्ट सहितको कोभिड- १९ को संक्रमण नेपालमा तिब्र रुपले बढीरहेको र यस जिल्लामा समेत यसको संक्रमण बढ्दै गईरहेको सन्दर्भमा सो को रोकथाम तथा नियन्त्रणका लागि प्रयासरत जिल्ला प्रशासन कार्यालय पर्वतको सहकार्यमा जिल्ला प्रहरी कार्यालय पर्वतले ‘कोभिड–१९ निषेधाज्ञ’ सचेतनामुलक अभियानलाई निरन्तरता दिएको छ ।

 

जिल्लाका बिभिन्न स्थानहरुमा बिना कारण हिडडुल गर्ने ब्यक्तिहरुलाई सचेत गराईएको तथा कारबाही गरिएको थियो । त्यसमा सवारीसाधन मो.सा.-१५२ वटा र चारपाङ्रग्रे सवारी साधन-६७ वटा र निषेधाज्ञ उल्लङघन गर्ने ब्यक्तिहरुलाई सम्झाई बुझाई तथा कारबाही गरिएको संख्या पुरुष संख्या – ५३५ जना र महिला संख्या -१६५ जनालाई आज मिति २०७८/०२/१२ गते सम्ममा कारबाही गरिएको पर्वत प्रहरी ले जनाएको छ ।

 

जनहितमा जारी सन्देश सहित सुरु गरिएको ‘कोभिड – १९ निषेधाज्ञ’ सचेतनामुलक अभियानलाई निरन्तरता दिदै अनाआवश्यक हिडडुल गर्ने ब्यक्तिहरूलाई होल्डीङ केजमा १ घण्टा राखी सम्झाई- बुझाई गरी सचेत गराईएको र अबका दिनहरुमा बिना ईजाजत बिना कारण हिडडुल गर्ने सवारी साधन चलाउने र पसल ब्यबसायहरु खोल्नेहरुलाई कोभिड – १९ संकट व्यबस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ बमोजिम कारबाही हुने उक्त कारबाहीमा माक्स नलगाई सार्वजनिक स्थानमा हिडडुल गर्नेलाई रु-१००।-,मानिसको आवतजावत मा रोक लगाएको ठाउमा हिड्नेलाई पटकै पछि रु-२००।-,बिना स्वीकृत हिड्ने दुई पाङ्ग्रे सवारी साधनलाई रु-२०००।-,बिना स्वीकृत हिड्ने चार पाङ्ग्रे सवारी साधनलाई रु-५०००।–,ब्यक्तिगत ब्यबसाय चलाउनेलाई रु एक लाख र संस्थागत ब्यबसाय चलायमा रु पाचं लाख जरीवानाहुने व्यहोरा अध्यादेशमा भएकोले सो कुरा जिङ्नल मार्फत जानकारी गर्ने गरेको छ ।