२०७८ जेठ ३० , आइतवार

पूर्व अर्थमन्त्रीहरुको एउटै स्वर, यो सरकारले पुर्ण बजेट ल्याउन मिल्दैन

सुनाखरी न्युज/ काठमाडौँ – आज पुर्व अर्थमन्त्रीहरुको बजेट वारे जुम वैठक सम्पन्न भएको छ। जुम वैठकमा पुर्व अर्थमन्त्रीहरु डा. प्रकाशचन्द्र लोहनी, डा. रामशरण महत,सुरेन्द्र पाण्डे र वर्षमान पुनको उपस्थित थियो।

 

जुम वैठकमा राप्रपा अध्यक्ष एवं पुर्व अर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले यो वैधानिक संकटमा परेको सरकारले पुर्ण बजेट ल्याउन नमिल्ने र हालको लागि कोविड नियन्त्रण र कोविड पिडित जनता लाइ राहत दिने वुदा लाई केन्द्रविन्दुमा राखेर तिन महिनाको लागि अध्यादेश मार्फत आम्दानि खर्चको हिसाव पेश गर्नु वाहेक अरु नमिल्ने विचार राख्नु भएको थियो ।

 

त्यस्तै नेपाली कांग्रेसका नेता एवंम् पूर्व अर्थमन्त्री रामशरण महतले वर्तमान सरकारले पूर्ण बजेट ल्याउन नमिल्ने बताउ छन । पूर्वअर्थमन्त्री महतले भने सरकारले विश्वासको मत प्राप्त गरिनसकेकाले पूर्ण बजेट ल्याउन नमिल्ने बताएका हुन् । उनले वार्षिक बजेट ल्याउनका लागि सरकारले विश्वासको मत प्राप्त गर्नु पर्छ महतले भने। त्यस्तै पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र वर्षमान पुनले पनि सरकारले विश्वासको मत गुमाई सकेकोले पूर्ण बजेट ल्याउन नमिल्ने धारणा राखेका थिए ।

 

नयाँ योजना हरुमा विनियोजन र खर्च तोक्न यो सरकारले मिल्दैन भन्दै पूर्व अर्थमन्त्रीहरुले सरकारको वैधानिकता माथि प्रश्न उठिरहेको वेला पुर्ण बजेट आउन नहुने पूर्व अर्थमन्त्रीहरुको तर्क थियो । कार्यक्रमको संयोजन बिमल केडियाले गर्नु भएको थियो।