२०७८ असार ७ , सोमवार

बाैद्ध दर्शन भित्र मार्क्सवादलाई हेर्दा

  मदन बहादुर कठायत- (कार्कि)  – गाैतम बुद्धलाई यसियाका तारा (Star of Asia) पनि भन्ने गरिन्छ । सायद उनलाई सामान्य अर्थले व्याख्या गरेर पुग्दैन होला।

 

आजभन्दा करिब ५६३ ई.पुर्वमा नेपालको सिद्धार्थनगर कपिलवस्तुका शाक्य वंशका राजा सुद्धोदन र कोलिवंशकि रानी मायादेवीको सन्तानको रूपमा वैसाख शुक्ल पुर्णिामाको दिन लुम्बिनीमा जन्मेका शाक्यमुनि गाैतम बुद्धलाई हरेक दृष्टिकोणले हेर्ने गरिएको छ।
कसैले बुद्धलाई भगवानको रूपमा हेर्ने गरेका छन भने कसैले दार्शनिकको रूपमा। वास्तवमा बुद्वलाई भगवानको रूपमा मान्ने गरिएता पनि तर बुद्ध एक महान दार्शनिक हुन्। उनी ई.पुर्व ५६३ तिरका महान क्रान्तिकारी हुन्।

 

साथै  बुद्धको निधनको सय वर्ष पछि बाैद्ध दर्शनमा दुईवटा सम्प्रदाय देखा पर्यो जसमा एउटा  हिनायान र अर्को महायान साम्प्रदाय।
हिनायान सम्प्रदाय श्रिलङ्का,वर्मा,कम्बोडिया,भियतनाम ,थाइल्यान्ड र लाअोस आदि देशहरूमा प्रचलित छ भने।
महायान सम्प्रदाय उत्तरि देश नेपाल,भारत ,चिन,तिब्बत ,कोरिया,जापान ,ताईवान् ,भुटान,मंगोलिया र सिंगापुर आदि यसियालि देशहरूमा प्रचलित छ।

यसको कारण बुद्धले मान्छेका दु:खबारे  ४ आर्य सत्य र दुख समाधान का ८ मार्गहरू पत्ता लगाएका थिए। आजको २१आै सताब्दिसम्म आइपुग्दा पनि बुद्ध त्यति नै लोकप्रिय छन। यिनै बुद्धसँग नठोकिएका कुनै उत्पिडन विरूद्धका क्रान्ति छैनन्,आन्दोलन छैनन्,दार्शनिकका दर्शन ,बिद्धान्, कवि, लेखक छैनन। यहाँ यिनै बुद्धबारे केही चर्चा गरिएको छ। आज भन्दा करिब २६०० वर्ष अगाडि समाज दास युगबाट सामन्तवादी समाजमा रूपान्तरण गर्दै गरेको समाजमा हिन्दु धर्मको प्रभाव एकदमै थियो। जातभातका कुराहरू बढ्दै थिए ,छुवाछूत एकदमै धेरै थियो। अहिलेको जस्तो स्वतन्त्र समाज थिएन,मान्छेले मान्छेलाई बाँधेर राख्ने अवस्थामा बुद्धले समाजमा दु:ख  देख्नु ,दु:खको कारण भेटाउनु ,दु:खको निवारण बारे सोच्नु  र दु:ख निवारणका मार्गहरू पत्ता लगाउने बारे सोच्नु  त्यतिवेलाको समय र कालखण्डलाई हेर्दा त्यति सजिलो र सामान्य थिएन।

आज हामीले पुर्वीय दर्शनमा अध्ययन गर्ने कन्फ्युसियस ,ताअो देखि अहिलेका महात्मा गान्धी सम्म बाैद्व दर्शनले नछोएको ठाउँ देख्न सकिँदैन। यसैगरि १९आैँ सताब्दिमा युरोपमा उदाएका महान दार्शनिक,ससाम्यवादका पिता कार्ल मार्क्स  जसलाई अहिलेसम्म टक्कर दिने खालको  कुनै दर्शन आएको छैन आज विश्व मानव समुदाय दुई धुर्वमा विभाजित छ,विश्वको हरेक कुनामा मार्क्सवाद नपुगेको ठाउँ छैन। १९आैँ सताब्दि देखि यहाँसम्म आई पुग्दा जुन किसिमका शोषण र दमनका बिरूद्धमा जति सुकै साना ठुला क्रान्ति भए युद्ध भए ती सबै मार्क्सवाद सँग सम्वन्धित युद्ध नै हुन।

 

चाहे पेरिस कम्युन होस, महान अक्टोबर क्रान्ति ,चिनियाँ जनयुद्ध देखि महान सँस्कृतिक क्रान्ति,भियतनाम युद्ध ,कोरिया युद्ध ,क्युवालि क्रान्ति ,ईण्डोनेसिया,भेनेजुयला, कोलम्बिया,चिलि,नेपाल,भारत  आदि जुन जुन ठाउमा शोषण र दमनका बिरूद्ध युद्ध भएका छन् ती सबै मार्क्सवाद सँग सम्बन्धित घटनाहरू हुन । यसको तात्पर्य यो हो कि मार्क्सवाद सँग सम्बन्धित घटनाको पछाडि यहि समाजमा वर्ग छ, यहि वर्ग शोषक र शोषित हुन्छ, यसको पनि समाधान हुन्छ ,यहि समाधानका विभिन्न बाटाहरू छन् र यहि मान्छेका  दु:ख र दु:ख समाधान गर्नको लागि विभिन्न युद्ध ,क्रान्तिहरू गरिएका थिए। भने बाैद्ध दर्शनमा पनि यहि दु:ख सम्बन्धि ४वटा आर्य सत्य र यसका ८ वटा बाटाहरू छन्। यिनिहरू कार्ल मार्क्स र बुद्ध  दर्शनको क्षेत्रमा  एक दोस्रो सँग एकदमै नजिक र मिल्दाजुल्दा पनि  छन्। र आजको समयमा  मार्क्सवाद लाई विकास गर्दै विभिन्न देशमा फरक किसिमका क्रान्ति र समाजवादको लागि  त्यहाको समाजिक, साँस्कृतिक परिवेश  अनुसार फरकफरक किसिमको अर्थब्यबस्थालाई अनुसरण गरेका छन। यसमा  कतिपय देशहरू सफल भएका छन् भने कतिपय असफल भएका छन, असफल साथै थुप्रै क्षति पनि बेहोर्नु परेको पनि छ।

 

यसको एउटै कारण हो हाम्रो समाजमा मार्क्सवादको नयाँ विकास भएको छैन।  जे हुनुपर्ने हो त्यो भएन्, खालि भएकोलाई मात्रै व्याख्या गर्न थालियो । यहाँ बहुसंख्य मान्छे मार्क्सवादका पक्षधर भएको देशमा माक्र्सवादी आन्दोलन सफल छैन भने यसको पछाडि कारण अवश्य पनि छ त्यो कारण भनेको हाम्रो सामाजिक संस्कार  नै हो,जस्ले माक्र्सवादलाई अगाडि बढाउन दिदैन आफैसँग घुलमिल गराईदिन्छ ,त्यसको लागि अगाडिको मार्ग खोज्नु  नै आजको माक्र्सवादिहरूको लागि चुनाैति हो। यहाँ  बुद्धको निधन भएको सय वर्षपछि पनि बाैद्ध दर्शनलाई फरक दृष्टिकोणबाट आगाडि सारियो र विभिन्न देशहरूमा फरक  सम्प्रदायहरू हिनायान र महायान,एउटाले दर्शनको रूपमा भने अर्कोले ईश्वरको रूपमा अगाडि सारिएको  छ।

यहाँ देखाउन खोजिएको कुरा आजको २१आैँ सताब्दिमा आउदा पनि यहाँ मानिसले आफ्नो वर्गीय मुक्तिको लागि मार्ग पहिल्याउन नसकेको अवस्थामा आजभन्दा २ हजार ६ सय वर्षअगाडि यी तमाम दु:खका मार्गहरू पत्तालगाई विश्वभरि फैलाउनु कति महान काम थियो यो मल्पना गर्न नसकिने कुरा हो।

करिब २६०० वर्ष अगाडिका बुद्धलाई अहिले भगवानका रूपमा हेर्नू पनि न्यायसंगत नहोला, किन भने बुद्ध स्वयं ईश्वर विरूद्ध थिए भने उनको दर्शन संसारका मानव  मुक्तिको लागि थियो यसलाई सामान्य रूपले लिनु हुदैन। बुद्धका बारेमा थुप्रै काल्पनिक कथाहरू छन जस्तै उनी जन्मनु भन्दा पहिला आमाले सेतो हात्तीले फूल दिएको ,उनी जन्मिले वित्तिकै सात पाईला हिडेको, उनी भगवान विष्णुका अवतार जस्ता काल्पनिक कथाहरू छन ,बुद्धलाई नै स्वयं भगवान मानेका छन। यी थुप्रै विषय हरू भएपनि बुद्धलाई बिर्सन नसकिने र बुद्घ को हुन भनेर छुट्याउन सकिने उनका ४ वटा आर्य सत्यहरू(4 Nobel truth ) र यसका ८ वटा बाटाहरू(8 Fold post) छन् यसले नै बाैद्ध  ईश्वर नभई एक दर्शन हो जुन समाजको लागि अपहिकार्य छ। आज दु:ख सम्वन्धि जुनकुरा बाैद्ध दर्शनसँग छ त्यहि कुरा माक्र्सवादी दर्शनमा देख्न पाईन्छ भनेपछि यो समाजमा आजको माक्र्सवादको समाजवादी मार्ग पत्तालगाउन २६०० वर्ष पहिले बुद्धले खोजेको मार्ग बारे अध्ययन गर्दा मात्र सफल भईन्छ । बुाैद्ध दर्शन र मार्क्सवादि दर्शन बिच समाजका लागि थुप्रै समानताहरू छन।

 

त्यसैले हाम्रो समाजमा मार्क्सवादलाई सफल बनाउन या मार्क्सलाई पुर्विय दर्शनको दृष्टिकोणने हेर्दा बुद्ध र बाैद्ध दर्शनलाई अध्ययन गर्न एकदम आवश्यक छ। कार्ल मार्क्सको समाज पनि त्यतिबेलाको ईसाई धर्मबाट ग्रसित थयो भने बुद्ध हिन्दु धर्मसँग दुवैजनाले यसैको सेरोफेरोमा सामाजिक, आर्थिक र राजनितीक समस्यालाई मानव जिवनको जीवन र जगतबारे अध्ययन गरि विश्वलाई एक दर्शन दिए।त्यसैले बाैद्ध दर्शन र माक्र्सवादका केही प्रस्तावना साथै यिनिहरूका समानता हेर्न अावश्यक छ।

 

** बुद्ध दर्शनका मुलभुत प्रस्तावनाहरू
१ अनित्यवाद एवं क्षणिकवाद(गतिशील र परिवर्तनशिल)
२ प्रतित्यसमुत्पाद( एक घटनाबाट अर्को घटनाको जन्म/निशेधको निशेध )
३ अनात्मवाद ( आत्माको अस्तित्व स्विकार नगर्ने एक दार्शनिक सिद्धान्त )
४ निरिश्वरवाद( ईश्वर नमान्ने नास्तिकवाद)
५ जीवन प्रवाहवाद
६ स्वत: प्रमाण अस्विकार

** मार्क्सवादि दर्शनका मुलभुत प्रस्तावनाहरू
१. द्वन्द्वात्मक भाैतिकवादि विश्व दृष्टिकोण ।
२. परिवर्तनकारी दृष्टिकोण ।
३. श्रमजीवी वर्गपक्षधर दृष्टिकोण ।
४. जन सार्वभौमसत्ता र शासन सत्ता विहिन समाज निर्माण गर्ने।
५. सिद्धान्त र व्यवहार विच एकरूपताको दृष्टिकोण ।

 

**बुद्ध र मार्क्सबिच अन्तर
१.बाैद्ध दर्शन र मार्क्सवादी दर्शन दुवै संसारमा धेरै      प्रभाव पारेका दर्शन हुन।
२.बाैद्ध दर्शन पुर्वको र मार्क्सवादी दर्शन पश्चिमको ।
३.बाैद्ध दर्शन इसाई पुर्व छैठौं सताब्दिमा प्रतिपादित हो भने मार्क्सवादी दर्शन उन्नाइसौं सताब्दिमा प्रतिपादित हो।
४.यिनिहरू बिचको समयको अन्तराल २३ सय वर्ष।
५. मार्क्सवादी दर्शन वर्गसंघर्षमा मान्यता राख्दछ भने बुद्ध दर्शन अहिंसामा मान्यता राख्दछ।
यी दुई दर्शन बिच कैयन समानताहरू पाउन सकिन्छ।
** बुद्ध र मार्क्सवादका समानताहरू।

 

१. गतिशीलता र अस्थिरतामा समानता
– माक्र्सले संसारका सबै बस्तु र घटना गतिशिल छन अर्थात  सिंगो जगत गतिशील छ भन्छन।
बुद्धले सिंगो समाज अस्थिर एवं  अनित्य छ भन्छन।
अस्थिरता र अनित्यता भनेकै गतिशीलता हो त्यसैले यहाँ समानता छ।

२. परिवर्तनशिलता  र क्षणिकतामा समानता।
– माक्र्सले संसारका सबै बस्तु र घटना परिवर्तनशिल छन भन्छन।
– बुद्धले जगतका सबै वस्तु र घटना क्षणिक छन भन्छन।
क्षणिक भनेको एउटै अवस्थामा नरहेर बदलिन्छ भन्ने हो त्यसैले यहाँ समानता छ।

३.दु:ख वा विभेदको कारणमा समानता ।
– बुद्धले दु:खको कारण तृष्णा वा लालसा हो भन्छन ।
– माक्सले समाजमा विभेदको कारण निजि सम्पति हो भन्छन।
निजि सम्पति राख्ने भनेकै तृष्णा वा लालसा हो ।त्यसैले यसमा समानता छ।

४. अनिश्वरवाद र अनात्मावादमा समानता।
– बुद्ध र मार्क्स दुवै अनिश्वरवादि हुन।
– दुवै ईश्वरको अस्तित्व स्विकार गर्दैनन।
– बुद्ध र मार्क्स दुवै अनात्मावादि हुन्।
दुवैले शरिरवाट स्वतन्त्र आत्माको अस्तित्व स्विकार गर्दैनन् ।

५. समतामा समानता।
– बुद्ध र मार्क्स दुबै आफ्नो समयका महान क्रान्तिकारी र समाज सुधारक थिए।
– मार्क्सले सबै प्रकारका ( वर्गीय ,जातिय,भाषिक ,धार्मिक ,साँस्कृतिक ,लैङ्गिक) विभेदको अन्त्य र समानताको स्थापनामा जोड दिन्छन् ।
– बुद्ध पनि जातिय भेदभाव र छुवाछूत प्रथाका विरोधी र संघवादका पक्षपाती थिए।
दुवै समता वा समानताका पक्षपाती थिए।

 

६. स्वत: प्रमाण अस्विकारमा समानता
– बाैद्ध दर्शनले वेद आदि कुनै ग्रन्थलाई ज्ञानको स्वत: प्रमाण मान्दैन।
– मार्क्सवादी दर्शनले वस्तुगत तथ्य र व्यवहारलाई ज्ञानको श्रोत एवं आधार मान्दछ।
दुबै स्वत: प्रमाण वा आप्त प्रमाणका विरोधी छन्।

बाैद्ध दर्शन र मार्क्सवादी दर्शन लाई नजिकबाट हेर्न सकिने माध्यम यहि हो ,जुन उनिहरूको व्यक्तिगत जीवन के थियो? उनिहरूको रहन सहन कस्तो थियो ?पारिवारिक पृष्ठभूमि र उनलाई बुझ्न थालिएको के हो? भन्दा पनि उनले भन्न खोजेको के हो? उनिहरूले त्यतिबेलाको समाजलाई कसरी बुझेका थिए? मानिसको जीवन र जगतलाई कसरी ब्याख्या गरेका थिए भन्ने कुरा नै महत्वपूर्ण हो।

 

.निष्कर्षमा
शाक्यमुनि गाैतम बुद्ध लाई भगवान भन्ने पनि ,महान दार्शनिक भन्ने पनि छन ।बुद्धको सहस्राब्दीमा वा बुद्धको समयमा पश्चिमा दार्शनिक प्लेटो, अरस्तु,महावीर जैन, लाउस आदि दार्शनिक र बैज्ञानिक जन्मिए तर उनको जस्तो ख्याति कमाउन सकेनन्। बुद्ध  दर्शन आज विश्वमा फैलिएको छ।खासमा बुद्ध एक अध्ययनशिल तथा एकान्त प्रेमि दार्शनिक हुन्। उनको देशना( अर्ती ) आफ्ना अनुवाईलाई दिएको शिक्षामा आधारित छ। त्यहि शिक्षा साढे दुईहजार वर्षमा भारतिय उपमहादिप हुँदै मध्य पुर्वि र दक्षिण-पुर्वि जम्वु महादिप सम्म धर्मका रूपमा फैलियो र चाैथो ठूलो धर्म रहयो। बुद्ध दर्शनमा रहेका प्रजातन्त्र स्वतन्त्रता,मानवअधिकार,पेशागत हकहित ,समानता समता र मानवीय मूल्य आधुनिक विश्वले स्विकार गरेको छ।

बुद्ध दर्शनमा जातिवाद र कर्मकाण्डलाई कुनै स्थान दिएको छैन। उनको महान सन्देश हो आफ्नो उज्यालो आफै बन। आफैमा मानवता खोज।शान्तिको खोजमा छटपटाईरहेको विश्वका निम्ति बुद्ध दर्शन शाश्वत र सर्वकालिन (निरन्तर, सदैव रहने,अविनाशि)  पनि छ।
संयुक्त राष्ट्र संघले समेत बुद्धको पञ्चशिलको सिद्धान्तलाई अनुमोदन गर्दै विश्वव्यापी मान्यता दिएको छ।यसलाई शान्ति मैत्री र करूणाको सन्देश दिने सामाजिक र माैलिक दर्शनका रूपमा नेपालले ब्राण्डिङ गर्न सक्छ।

अहिलेको सन्दर्भमा मार्क्स र बुद्धलाई एकदम नजिकबाट हेर्न जरुरी छ। पुर्विय दर्शनमा मार्क्सलाई किन हेर्नू जरूरि छ भन्दा यसमा ध्यान दिनुपर्ने एउटा कुरा छ “समाजमा जुनकुराले जति धेरै प्रभाव पारेको छ त्यो समाजमा त्यसैको बारेमा धेरै  अध्ययन र धेरै बहस गर्दा नै समस्या हल गर्न सकिन्छ वा सफलता प्राप्त हुने गर्दछ”
त्यसैले माक्र्स जहा दु:ख छ, जहा शोषण र दमन हुन्छ  त्यहा माक्र्सवाद जन्मिने गर्दछ,यो आफै उत्पन्न हुन्छ यसलाई खोजेर ल्याउनु पर्दैन मात्र हुर्काउन गार्‍हो हो। हाम्रो समाजमा पनि शोषण र दमन अत्याधिक छ,यहाँ त्यहि भएर द्वन्द्व पनि अत्याधिक हुने गर्दछ। यहि द्वन्द्व र समस्याले हामी सबैलाई छोएको हुन्छ यसबाट अछुतो रहन कोहि सक्दैन । त्यसैले यस प्रति चासो राख्न आवश्यक छ।
यदि त्यसैलाई बेवास्ता गरियो कारण खोज्न तिर ध्यान दिइएन भने समस्या झन झन बढ्दै जान्छ। सिद्धान्त र व्यवहार विच गहिरो खाडल पर्न जान्छ वा आकाश जमिनको फरक पर्न जान्छ।

त्यसैले अहिलेको हाम्रो प्रमुख समस्या भनेको नै हाम्रो समाज हो। जहाँको सामाजिक,साँस्कृतिक समस्याले मानिसका माग र पुर्ति विच लामो दुरि बढ्दै गएको छ। हामी हाम्रो दुखलाई मात्र हेर्ने गर्छाैं भने दुख हुनाको कारण ,समाधान र समाधान मार्गहरूको खोजिबारे कुनै प्रश्न नै उठाउदैनाै ।
खास भन्दा हामी भाैतिकवादि भएनाै। हामी भाग्यवादि भयाैँ हामीलाई हाम्रो समाजले यसरि नै हुर्कायो। हाम्रो संस्कारको विकास यसरि भयो र हामी  संस्कार अनुसार नै हाम्रो भाग्य अरूले लेखिदिने कुरामा विश्वास गर्नुले हाम्रो आवश्यकता र पुर्ति विच दुरि बढ्यो ,हाम्रा सिद्धान्त र व्यवहार एक हुन सकेनन।

किन कि हामी मुख्यतः आध्यात्मवादको प्रभाव भएको  समाजमा छाै,यहाका जनताको सामाजिक ,साँस्कृतिक नेतृत्व यसैले गरिराखेको छ ,भने अार्थिक र राजनैतिक व्यवस्था यसैको वरिपरि घुमिराखेको छ। यसैकारण हाम्रो भाग्य भविष्यको जिम्मा पनि यसैले निर्धारण गरेको छ। यसमा सबै धर्म र यिनिहरूको सार पुरै गलत भन्न खोजिएको पनि होइन ,यहाभित्र पनि समाजका  थुप्रै असल मुल्य मान्यताका  कुराहरू जोडिएका होलान् तर यी राम्रो पक्षहरूलाई नियन्त्रण गर्ने सबैभन्दा ठुला समस्याहरू पनि यसैभित्र अड्किएर बसेका छन। हामीले यसै समस्यलाई निकाल्नु पर्दछ, त्यो नै आजको प्रमुख चुनाैति हो ।

बुद्धको सबैभन्दा महत्वपुर्ण कुरा आजको समय भन्दा धेरै पुरानो दासयुगवाट भर्खर भर्खर सामन्ती समाजमा रूपान्तर गर्दै गरेको बेलामा उनी राज दरवारमा हुर्केका र उनको जीवन स्तर एकदम उच्च स्तरमा भएको ,उनको खुसिकोलागि उनका पिताले कुनै कसर बाकी नराखेको अवस्थामा पनि दरवार बाहिर  देखिएका दृश्यहरू  रोगी, गरिबी,बृद्ध र मृत ब्यक्तिको वास्तविकता  अध्ययन गरे। त्यसपछि वास्तवमा मान्छे जन्मिन्छ ,रोगी हुन्छ ,बुढो हुन्छ र मरेर जान्छ भन्ने कुरालाई एकदम नजिकवाट बुझे कि समाजमा हरेक बस्तुको कारण हुन्छ ,तिनिहरूको समाधान हुन्छ र समाधानका बाटाहरू पनि हुन्छन ,यी समस्याहरूको मुक्तिको लागि हामिले मार्ग पत्तालगाउनु   दुखबाट मुत्त हुनु हो। आफुले प्राप्त गरेका सबै सुखहरू केवल क्षणिक हुन र यी सिमित ब्यक्तिहरूको लागि मात्रै हो भनेर एउटा उच्च दरवारको ब्यक्तिले समाजको एकदम तल्लो वर्गको ब्यक्तिको जिवनलाई सम्पुर्ण मानव जातिकै जीवन र जगतसँग सम्बन्धित रहेको कुरा एकदम गहिरो अध्ययन गरि मानव मुक्तिको निष्कर्ष निकालेका छन।

अहिलेको समाजमा बाैद्ध र मार्क्सवादी दर्शनसँग समाजमा विविध समस्याले माकुराको जालोमा जेलिएझै जेलिएका मानिसलाई त्यहाबाट मुक्त गराउन सक्ने  राम्रो विचार छ। यिनिहरूमा फरक भनेको यहि समस्याबाट मुक्ति दिलाउने  अहिंसा र वर्गसंघर्ष बिचको  हो।
त्यसैले नेपालमा मार्क्सवादी क्रान्तिलाई सफल बनाउन र तमाम  समस्याको समाधानको लागि करिब २६०० वर्ष अगाडि बुद्धले गरेका मुक्ति प्राप्तिका ४ आर्य सत्यहरू र माक्र्सवादी दर्शनले देखाएको बैज्ञानिक समाजवाद हुँदै साम्यवादसम्म पुग्ने लक्ष्यलाई एकदम नजिकबाट अध्ययन गरि अवको दुख ,दुखको कारण ,दुखको समाधान र समाधानको लागि अपनाइएका मार्क्सवादी मार्गहरू सफल बनाउन सक्दछाैँ।
अहिलेको समयमा मानिसलाई यो भन्दा समस्याको जालबाट बाहिर निकाल्ने अर्को कुनै हतियार तयार भईन सकेको अवस्थामा यसैलाई प्रथामिकता दिदा  हाम्रा दु:ख मेटाउन र उत्पन्न  सामाजिक, अार्थिक साँस्कृतिक  समस्यालाई निकास दिन राम्रो स्थिर राजनैतिक शासन प्रणालि सहितको समाज निर्माण गरि हामी हाम्रो सुखमय जिवनको एक चरण प्रवेश गर्न सक्दछाैँ।
लेखक : मदन बहादुर कठायत,कार्कि।
स्नातकोत्तर,एम.ए. राजनितीशास्त्र आर.आर.क्याम्पस।