२०७८ असार २ , बुधवार

बैङ्क तथा वित्तीय संस्थाले लघुवित्तको सेयर किन्न नपाउने

सुनाखरी न्युज/ काठमाडौं – बैङ्क तथा वित्तीय संस्थाहरूले लघुवित्तको सेयर किन्न नपाउने भएका छन् । किनेको सेयर पनि आगामी पुस मसान्तभित्रै बिक्री गरिसक्नुपर्ने भएको छ ।

 

लघुवित्तको सेयर मूल्य उच्च दरले बढ्न थालेपछि त्यसलाई नियन्त्रण गर्नका लागि नियामक नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाले लघुवित्तको सेयर किन्न नपाउने व्यवस्था गरेको हो । राष्ट्र बैङ्कले एकीकृत निर्देशिकामा संशोधन गर्दै बैङ्क तथा वित्तीय संस्थालाई विपन्न वर्ग कर्जामा गणना गर्ने प्रयोजनका लागिबाहेक ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्थाको सेयरमा लगानी गर्न नपाइने व्यवस्था गरेको हो ।

 

यसअघि सेयर खरिद गरेको भए आगामी पुस मसान्तभित्र बिक्री गरिसक्न निर्देशन दिएको राष्ट्र बैङ्कले लघुवित्तको सेयरमा कर्नरिङ गर्दै मूल्य बढाइएको पाइएपछि यस्तो कदम चालेको जनाएको छ ।