२०७८ असार १० , बिहिवार

यस्तो छ नेपाल प्रहरीले जारी गरेको स्वास्थ्य सुरक्षा सम्बन्धी जानकारी मूलक पुस्तिका

सुनाखरी न्युज/ काठमाडौं – नेपाल प्रहरीले कोरोना भाइरस संक्रमण (कोभिड-१९) बाट बच्ने स्वास्थ्य सुरक्षा सम्बन्धी जानकारीमूलक पुस्तिका जारि गरेको छ ।

 

नेपालमा कोरोना भाइरसले पार्ने प्रभाव तथा प्रतिकार्यको लागि स्वास्थ्य सम्बन्धि सुरक्षात्मक सामाग्रीको अपर्याप्तता बाबजुद पनि नेपाल प्रहरीले उच्च मनोवलका साथ आम नागरिकको स्वास्थ्य सुरक्षाको लागि संक्रमणको सुरुवातदेखि नै अग्रपंक्तिमा रही नियमित रुपमा कार्य गर्दै आइरहेको छ । यसरी प्रतिकार्यको लागि दैनिक काम कारवाही गर्दा समस्या र चुनौती सामना गर्ने क्रममा हाल दिनप्रतिदिन प्रहरीहरुमा पनि संक्रमण दर बढिरहेको छ ।

 

 

यस परिवेशमा प्रहरी कर्मचारीले प्रभावकारी रुपमा दैनिक कार्य सम्पादन गर्दा आफ्नो स्वास्थ्य सुरक्षाको बारेमा आफैंले सचेत रही कार्य गर्नुपर्ने परिस्थिति सिर्जना भएको छ । यसै सन्दर्भमा प्रहरी कर्मचारीहरुले कोभिड-१९ बाट बच्ने स्वास्थ्य सुरक्षा सम्बन्धि जानकारीमूलक सन्देशहरु उपलब्ध गराउने उदेश्यले यो पुस्तिका तयार गरिएको प्रहरी प्रधान कार्यालय, नक्सालले जनाएको छ ।

हेर्नुहोस् सम्पूर्ण स्वास्थ्य सुरक्षा सम्बन्धि जानकारीमूलक पुस्तिका: