२०७८ असार ८ , मंगलबार

अधिनायकवाद र प्रतिगामी चपेटामा १४ औ गणतन्त्र दिवस

किरण गिरी –

गणतन्त्र र आजको नेपाल :-
संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्ति को लागि आन्दोलन गर्नु हुने र सहादत प्राप्त गर्नुहुने संपुर्ण जनता जनार्दन मा सर्बप्रथम हार्दिक सम्मान र नमन गर्दै विषम परिस्थितिमा यो कलम चलाउदै छु । नेपाली कांग्रेसका सभापति एबं पुर्ब प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाले नेपालमा गणतन्त्र प्राप्त भएपछि भन्नुभएको थियो – अब नेपाली जनता ले लोकतन्त्र प्राप्तिका लागि कहिल्यै आन्दोलन गर्नु पर्ने छैन । तर अहिले हामी नेपाल को संबिधान र परिबर्तन संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षण र सम्बर्द्धन को लागि कानुनी र राजनीतिक लडाइ लडिरहेका छौ ।

 

जेष्ठ -१५ गते १४ औ गणतन्त्र दिवस । नेपालमा जनताको आन्दोलन र चाहना अनुसार संबिधान सभाले गणतन्त्र स्थापना र कार्यान्वयन गरेको एक युग अर्थात १३ बर्ष पूरा भै १४ बर्षमा प्रवेश गरेको छ। यतिबेला हाम्रो गणतन्त्र र संबिधान रास्ट्रपति र प्रधानमन्त्रीको अधिनायकवादी र प्रतिगामी आक्रमण मा परेको छ । नेपाली राजनितीमा नेपाली कांग्रेस लाई कसैले मिनिमाइज गर्छ भने त्यो सकिन्छ भन्नुभएको छ । इतिहास ले प्रमामितत गरेको छ २००७ साल देखि ६२/६३ को आन्दोलन र संबिधान निर्माण सम्मका आन्दोलन हरुको नेतृत्व गरेको नेपाली कांग्रेस लाई नजर अन्दाज गरेर रास्ट्रपति बिद्या भण्डारी बाट नेपालको संबिधान च्यात्तिएको आरोप लागाउदै १४९ जना बहुमत सांसदहरू को समर्थ लत्याएर प्रधानमन्त्री मा दाबी पुगेन भन्नू र मध्यरातमा ज्ञानेन्द्र शैली अपनाउदै संसद विघटन गर्नु घोर निन्दनीय , निरंकुश र असंवैधानिक काम भएको छ । नहुने चुनावको घोषणा गरेर रास्ट्रपति र प्रधानमन्त्रीले सत्ता लम्ब्याउने निरंकुशता लाद्ने मात्रै काम गरे यसबाट उनिहरुले ठूलो मुल्य चुकाउनु पर्ने छ ।

 

हुनै नसक्ने निर्बाचन घोषणा गरेर मुलुक लाई संबैधानिक र राजनीतिक सुन्यता मा लगेर सत्ता लम्ब्याउने र केशर जंग रायमाझी पथमा रुपान्तरण हुने लक्ष बोकेका ओलीको चुनाब ज्ञानेन्द्रले पनि घोषणा गरेको गरे जस्तै हुने बताउदै रास्ट्रपति र प्रधानमन्त्री नेपालको संबिधान च्यात्न लागिपरेको देखियो । उनिहरुले छिट्टै ज्ञानेन्द्रको नियती भोग्न पर्ने छ । अब नेपालको राजनीति नयाँ द्वन्द र भिडन्तमा जाने खतरापूर्ण अबस्था आउन सक्ने छ । नेपाली कांग्रेसले कुनैपनी मुल्य चुकाउन किन नपरोस संबिधान र परिबर्तन संघीय लोकतान्त्रिक गणतन्त्र को संरक्षण सम्बर्द्धन गर्न नेपाली कांग्रेस कुनै पनि मुल्य चुकाउन तयार र प्रतिबद्ध छ :-

 

नेपाल को संबिधान र परिवर्तन संघीय लोकतान्त्रिक गणतन्त्र को संरक्षण र सम्बर्द्धन को लागि नेपाली कांग्रेस अबिचलित रुपमा दृढ र प्रतिबद्ध रहने छ । रास्ट्रपति र प्रधानमन्त्री को असंवैधानिक , अलोकतान्त्रिक र स्वेच्छाचारी कदम विरुद्ध हामीले राजनीतिक र कानुनी लडाइँ प्रारम्भ गरिसके छौ । सत्तामा बसेर बिगत तीन बर्ष देखि प्रधानमन्त्री को जाल , झेल , षड्यन्त्र र तिकडम लाई साथ ,सहयोग र समर्थन गर्दै रास्ट्रपति भण्डारी ले पदिय मर्यादा र इज्जत गुमाउँदै आइरहेको धारणा राख्दै १४९ जना बहुमत सांसदहरुको समर्थन लाई लत्याएर उनले के . पी . ओलीको पक्षपोषण गरिरहे कि छिन ।नेपाली जनता को भरोसा , बिश्वास र सहभागिता मा आएको नेपाल को संबिधान र परिबर्तन लाई समाप्त पार्ने तर्फ प्रधानमन्त्री र रास्ट्रपति सक्रिय रहेकोले मुलुक नयाँ द्वन्द र भिडन्त मा प्रबेश गर्ने खतरा भएको छ ।

 

कांग्रेस जनता मा जान कहिल्यै डराउदैन हामी सदा अर्ली इलेक्सन चाहान्छौ । तर यो चुनाब गराउनको लागि होइन निरंकुशता र सत्ता लम्ब्याउने खेल मात्रै भएको ले हामी यश विरुद्ध कानुनी र राजनीतिक लडाइँमा उत्रेका छै । नेपाली कांग्रेस ले बिगतमा जस्तै मुलुकका सबैखाले निरंकुशता र प्रतिगामी प्रयासहरु लाई विफल पार्ने र चुनाबमा नेपाली कांग्रेस ले भाग नलिन पनि सक्छ । त्यस पछि मुलुक को हालत के हुन्छ ? हिजोका निरंकुश तानाशाहहरुले तोकेको चुनाबमा राजनीतिक दलहरूले भाग नलिदा के हबिगत भोग्नु पर्‍यो त्यसको चेतना खड्ग प्रसाद ओली र बिद्या भण्डारी लाई भएकै हुनु पर्दछ ।

 

नेपालमा -२४० बर्षलामो निरंकुश राजतन्त्रको अन्त्य गर्दै संबिधान सभाले १५ जेष्ठ २०६५ सालमा संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा एबं कार्यान्वयन गरेको थियो । मुलुक एकात्मक राज्य प्रणाली बाट संघीयतामा प्रवेश गरेको थियो । जन्मको आधारमा रास्ट्रप्रमुख हुने निरंकुश र जहानिया परम्परागत राजतन्त्र अन्त्य गर्दै जनमतको आधारमा जनताको छोरा छोरी रास्ट्रप्रमुख हुने अग्रगामी राजनीति प्रणाली लाई गणतन्त्रले स्थापना गरेको ऐतिहासिक दिन हो जेष्ठ १५ गते । यो नेपाली राजनीतिमा अग्रगामी रुपान्तरण र छलङ हो । जसले २४० बर्षको इतिहास र र परम्परा लाई क्रम भंग गराएको थियो ।

 

संबिधान र गणतन्त्र जोगाउने दायित्व कांग्रेसको :-
संबिधान र संघीय लोकतान्त्रिक गणतन्त्र लाई रास्ट्रपति र प्रधानमन्त्रीको आक्रमण बाट जोगाउनु नेपाली कांग्रेसको दायित्व हो । त्यसकारण नेपाली कांग्रेस सहितको गठबन्धन ले संबिधान र गणतन्त्र जोगाउन को लागि कानुनी र राजनीतिक लाडाइ प्रारम्भ गरिसकेको छ ।
गणतन्त्र ,संघीयता र धर्म निरिपेक्षता हाम्रो संबिधान र परिबर्तन ले आत्मसात गरेको यथार्थ हो हाम्रो गणतन्त्र । नेपाली जनताले धेरै ठूलो चाहना र सपना बोकेर गणतन्त्र स्थापना गरेका हुन । अब गणतन्त्र ले नेपाली जनताको बिकास र समृद्धि को अपेक्षा लाई पूरा गर्नु जरुरी छ । सबैलाई चेतना भया ।

 

यतिबेला नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र नेकपा एमाले अध्यक्ष एबं प्रधानमन्त्री के पी शर्मा ओलीको स्वेच्छाचारी , अधिनायकबादी र निरंकुश कार्यशैली को चपेटामा परेको छ । चिनको बुहान बाट फैलिएको कोरोना भाइरस कोभिड -१९ को संक्रमणले आज बिश्व नै अक्रान्त भै हामी फेरि दोस्रो भेरियण्ट को कोरोना भाइरस को महामारीमा छौं । । महान शक्ति रास्ट्र , छिमेकी मित्ररास्ट्र सहित आज हामी नेपाली कोरोना भाइरस रोकथाम को लागि दिस्रो पटक पनि झण्डै एक महिना देखि निषेधाज्ञा मा जेष्ठ सम्म निषेधाज्ञा कै अबस्था कायम रहने स्थिति छ । लकडाउन अझै केही महिना कृषि र आर्थिक गतिविधिमा खुकुलो पन सहित लम्बिन सक्ने अबस्थामा हामी छौ ।

 

जेष्ठ १५ गते बजेट र गणतन्त्र :-
यस्तो विषम परिस्थितिमा आउन लागेको बजेट प्रती हामी सबैको चासो रहनु स्वाभाविक हो । अब नेपाल र नेपालीको संरक्षण र समृद्धि को लागि सरकारले नितान्त नयाँ शैलीको र कार्यक्रम सहितको बजेट लयाउनु जरुरी छ । तर कर्मचारी को तलब वृद्धि र ५ हजार बृध्द भत्ता बढाउने बाहेक जनमुखी बजेट आउने संभावना देखिदैन ।

 

कृषि उत्पादनमा औद्योगिकरण , रोजगारीमा मौलिक र नयाँ कार्यक्रम , फजुल खर्चमा व्यापक कटौती , उच्चस्तरीय राजनीतिक ओहोदाका पदाधिकारी हरु को सुबिधामा ब्यपक कटौती , सांसद बिकास कोष केही बर्षका लागि स्थगित ,चालू परियोजना हरुको काम संपन्नता , महत्वाकांक्षी आयोजना हरु केबि बर्षका लागि स्थगन , स्वास्थ शिक्षा र सडक अनि कृषिमा बिशेश लगानी को निति अबलम्बन गरिनु पर्दछ भन्ने जनताको अपेक्षा रहेको छ । बजेट मा यो सबै समेटिने बिश्वास आम जनताको रहेको छ । तर यो ९३ सिटको मात्र समर्थन भएको सरकार प्रती जनताको कुनै भरोसा र बिश्वास छैन ।

 

जनताका यिनै अपेक्षाहरु को परिपुर्ति हुने गरि सरकारले बजेट ल्याउनु अत्यावश्यक छ । आम नेपाली जनता को चाहना र अपेक्षा बमोजिम यश बर्ष को बजेट आउने छ भन्ने बिश्वास गरिदै छ । सादा जीवन उच्च बिचार को आदर्श लाई हामी सबैले अबलम्बन गर्नु जरुरी भै सकेको छ ।कम्युनिस्ट पार्टीको बहुमत र दुई तिहाइको बल अब ९३ सिट झरेको छ । नेकपा विघटन भैसकेको छ । एमाले ओली आफैले विघटन गरिरहेका छ्न । प्रधानमन्त्री र नेकपा ले त्याग्नु जरुरी छ । १४ औ गणतन्त्र दिवस संगै आइरहेको बजेट ले कोरोना भाइरस कोभिड -१९ को संक्रमणा र महामारीका बिच नेपाली जनताको मनोबल उकास्न र नयाँ उर्जा थप्न सक्ने छ भन्ने आसा अपेक्षा सरबत्र गरिदै छ । ओली सरकार नहुने चुनाब घोषणा गरेर सत्ता को आयु लम्ब्याउन खोज्दै छ ।

 

१४ औ गणतन्त्र दिवसका अबशर मा संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्ति लागी आन्दोलन गर्ने सहादत प्राप्त गर्ने सबै जनता जनार्दन प्रती उच्च सम्मान व्यक्त गर्दै हार्दिक बधाई र शुभकामना ।

 

लेखक – नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन ।