२०७८ असार ६ , आइतवार

काठमाडौंमा निषेधाज्ञा एक साता थपियो, किराना पसल र डिपार्टमेन्टल स्टोर पनि खोल्न नपाइने

सुनाखरी न्युज/ काठमाडौं – काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप कडाइ गरिने भएको छ । मंगलबार बसेको उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सरकारले जारी गरेको कोभिड संकट अध्यादेशको प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

 

खाद्यान्न र निर्माण सामाग्री ढुवानीलाई स्थगित गर्ने, सार्वजनिक तथा निजी निर्माण पनि रोक्ने निर्णय भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताउनुभयो । बैंक तथा वित्तिय संस्थाको हकमा वाणिज्य बैंक र विकास बैंकका शाखालाई सीमित रुपमा खुल्न दिने निर्णय भएको छ । उपत्यकाका तीन जिल्ला प्रशासनले निषेधाज्ञा जेठ २० गते मध्यरातसम्म रहने निर्णय गरेका छन् ।