२०७८ असार ६ , आइतवार

बैंङिकङ संस्थाहरुले गर्ने सेयर लगानीमा कडाइ, यस्तो छ राष्ट्र बैंकको नयाँ प्रावधान

NRB

सुनाखरी न्युज/ काठमाडौं-
नेपाल राष्ट्र बैंकले बैंबैंङिकङ संस्थाहरुले गर्ने सेयर लगानीमा कडाइ गरेको छ। मौद्रिक समीक्षामार्फत गरिएका व्यवस्थालाई परिपत्रमार्फत निर्देशन दिँदै राष्ट्र बैंकले बैंकहरुलाई सेयर लगानीमा कडाइ गरेको हो।

सर्वसाधारणमा सेयर बिक्री गरी धितोपत्र विनिमय बजारमा सूचीकृत संस्थाको सेयर तथा डिवेन्चरमा एक वर्षभन्दा बढी अवधिको लागि मात्रै बैंकहरुले लगानी गर्न पाउने भएका छन्।

हालसम्म कुनै समयावधि तोकिएको थिएन। बैंक तथा वित्तीय संस्थाले कुनै पनि किसिमको प्रवन्धपत्रबाट संगठित संस्थाको सेयरमा अल्पकालीन लगानी गर्न पाउने छैनन्।

खरिद भएको एक वर्ष पुरा भएका लगानीमध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पुँजीको १ प्रतिशत रकमसम्मको लगानी मात्रै बिक्री गर्न सक्ने व्यवस्था गरिएको छ।

जेठ १० सम्म लगानी गरेका सेयर २०७९ असार मसान्तभित्र बिक्री गर्न भने यो व्यवस्थाले बाधा नगर्ने राष्ट्र बैंकले जनाएको छ।