२०७८ असार १० , बिहिवार

प्रतिनिधिसभा विघटन असंवैधानिकः पूर्वसभामुखहरु

सुनाखरी न्युज/ काठमाडौं ।
पूर्वसभामुखहरुले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको बताएका छन् ।

पूर्वसभामुखहरु संविधानअनुसार सरकार गठनका सबै विकल्प प्रयोग नभई संसद विघटन गरिएको दाबी गरेका हुन् ।

‘जनताको प्रतिनिधि संस्थामाथि दुई–दुई पटक आक्रमण भयो, यो असंवैधानिक छ । जनताप्रति उत्तरदायी कदम होइन,’ सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको बैठकमा सहभागी पूर्वसभामुख ओनसरी घर्ती मगरले जानकारी दिइन् ।

बैठकमा पूर्वसभामुख घर्तीसँगै कृष्णबहादुर महरा र रामचन्द्र पौडेल उपस्थित थिए भने एक जना भर्चुअल माध्यमबाट उपस्थित थिए । एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ भने बैठकमा उपस्थित थिएनन् ।