२०७८ जेठ ३० , आइतवार

बाँके सुनचाँदी तथा गहना व्यवसायी संघद्धारा ४० थान पिपिई सेट हस्तानतरण

सुनाखरी न्युज/ काठमाडौं ।
बाँके सुनचाँदी तथा गहना व्यवसायी संघले विश्वभरिमा महामारीको रुपमा फैलिएको Covod 19 को अवस्थामा भेरी प्रादेशिक अस्पताल, नेपालगन्जमा रहेर काम गरिरहनु भएका स्वास्थ्यकर्मीका लागि ४० सेट पि. पि. ई.  हस्तान्तरण गरेको छ । अहिलेको विषम अवस्थामा यो अत्यन्त आवश्यक रहेको मध्यनजर गर्दै भेरी प्रादेशिक अस्पताल विकास समितीका अध्यक्ष प्रमोद धितात,सदस्य कृष्ण प्रसाद श्रेष्ठ तथा भेरी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेनडेन्ट डा. प्रकाश थापालाई हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघ,लुम्बिनी प्रदेश सभापति बुध्दि बहादुर दियाली,बाँके सुनचाँदी तथा गहना व्यवसायी संघका अध्यक्ष भविन्द्र रामदाम, बरिस्ठ उपाध्यक्ष परिवर्तन बिश्वकर्मा, उपाध्यक्ष प्रदिप बिश्वकर्मा, महासचिव जगत रामदाम, का.स.सदस्य देवेन्द्र सुनार, अमित कुमार गुप्ता (सन्तोष ) को उपस्थिति थियो ।

भेरी प्रादेशिक अस्पताल विकास समितीका अध्यक्ष प्रमोद धितातले अति आवश्यक पि।पि ।ई। दिएर स्वास्थ्यकर्मी तथा अस्पताल विकास समितीको हौसला बढाएको मा बाँके सुनचाँदी तथा गहना व्यवसायी संघलाई धन्यवाद प्रकट गर्नुभयो।