२०७८ असार ७ , सोमवार

कोभिड अस्थायी अस्पतालमा लुम्विनी प्रदेशका सुनचाँदी ब्यवसायीको सहयोग

सुनाखरी न्युज/ काठमाडौं-
कोभिड अस्थायी अस्पतालमा लुम्विनी प्रदेशका सुनचाँदी ब्यवसायीले सहयोग गरेका छन् । एक कायृक्रमभमावीच उनीहरुले सहयोग हस्तान्तरण गरेका हुन् ।
बाँके सुनचाँदी तथा गहना व्यवसायी संघले विश्वभरिमा महामारीको रुपमा फैलिएको Covid 19 लाई मध्यनजर गर्दै कोहलपुर नगरपालिकाले कोहलपुर २ प्रेमनगरमा संचालन गरेको कोभिड अस्थायी अस्पतालका लागि केही सहजता होस् भनेर बिभिन्न अत्यावश्यक औषधी, स्वास्थ्य सामग्री तथा फलफूल कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावत तथा उप-प्रमुख सन्जु कुमारी चौधरीलाई नेपाल सुनचाँदी व्यवसायी महासंघ,लुम्बिनी प्रदेश सभापति बुध्दि बहादुर दियाली,बाँके सुनचाँदी तथा गहना व्यवसायी संघका अध्यक्ष भविन्द्र रामदाम ,साथै संघका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिमा हस्तान्तरण गरियो।
औषधी सहजीकरणको लागी डा सन्तोष वि सी तथा मित्र शिशिर चन्द ठकुरी,गोपाल प्रसाद अधिकारीलाई उनीहरुले विशेष धन्यवाद समेत दिएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ लुम्बिनी प्रदेश सभपति बुध्दि बहादुर दियाली ,नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय सदस्य बालकृष्ण दियाली तथा बाँके सुनचाँदी तथा गहना व्यवसायी संघका सम्पूर्ण सदस्यहरूलाई यस्तो महान कार्यमा संलग्न भएकोमा बाँके सुनचाँदी तथा गहना व्यवसायी संघ बधाई एंव धन्यवाद दिएको छ ।

https://www.facebook.com/ramdam.jagat/posts/1972746639543578