२०७८ असार १० , बिहिवार

नेप्से ६.४७ अंकले घट्यो

nepse

सुनाखरी न्युज/ काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज मंगलबार सामान्य अंकले घटेको छ । आज नेप्से ६.४७ अंकले घटेर दुई हजार आठ सय १६ दशमलब ६० विन्दुमा थामिएको छ । नेप्सेका अनुसार आज ११ अर्ब १३ करोड ३३ लाख बराबरको कारोबार भएको छ भने कारोबार भएका समूहमध्ये ७ समूह बाहेक अन्य समूह बढेका छन् ।

 

आज चार कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । आज शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा माउण्टेन हाइड्रो नेपाल, घलेम्दी हाइड्रो, बरुण हाइड्रोपावर र युनिभर्सल पावर कम्पनी रहेका छन् । त्यस्तै, आज मल्टिपर्पोज फाइनान्स कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् भने कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार अरुण काबेली पावर कम्पनीको भएको छ ।