२०७८ असार १० , बिहिवार

नेपाल र गाम्बियाबीच कूटनैतिक सम्बन्ध स्थापना

सुनाखरी न्युज/ काठमाडौँ – नेपाल र गाम्बियाबीच कूटनैतिक सम्बन्ध स्थापना भएको छ । संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि तथा राजदूत अमृत बहादुर राई र राष्ट्रसंघका लागि गाम्बियाका स्थायी प्रतिनिधि तथा राजदूत ल्याङ याबोउले यससम्बन्धी सम्झौतामा सोमबार हस्ताक्षर गरेका हुन् ।

 

यसको जानकारी राष्ट्रसंघका लागि नेपालका स्थायी नियोगले दिएको छ । यससँगै गाम्बिया नेपालको कूटनीतिक सम्बन्ध स्थापना हुने देशको सूचीमा १७० औं देश बनेको छ । दुबै राजदूतले यससम्बन्धी जानकारी गराउँदै संयुक्त राष्ट्रसंघलाई संयुक्त पत्रसमेत लेखेका छन् । पश्चिम अफ्रिकी देश गाम्बिया१९६५ मा संयुक्त राष्ट्रसंघमा जोडिएको मुलुक हो । यसको क्षेत्रफल ११ हजार वर्गकिमि रहेको छ ।