२०७८ असार १ , मंगलबार

पूर्वसभामुखहरूसँग छलफल गर्दै सापकोटा

सुनाखरी न्युज/ काठमाडौं-

सभामुख अग्निप्रसाद सापकोटाले पूर्वसभामुखहरूसँग छलफल सुरू गरेका छन्। सभामुख सापकोटाले  प्रतिनिधि सभाको ल्होत्से हलमा आज दिउँसो पूर्वसभामुखहरूसँग छलफल गरेका हुन्।

छलफलमा पूर्वसभामुख रामचन्द्र पौडेल, कृष्णबहादुर महरा र ओनसरी घर्ती मगर छन्।

सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेपछिको अवस्थाबारे छलफल गर्न सभामुख सापकोटाले पूर्वसभामुखलाई बोलाएका हुन्।

सभामुख सापकोटाले प्रतिनिधि सभाबाट वैकल्पिक सरकार बन्ने अवस्था हुँदाहुँदै प्रतिनिधि सभा विघटन गरिएको भन्दै विरोध गरेका थिए।