२०७८ असार १० , बिहिवार

सुनको मूल्यमा सामान्य गिरावट

सुनाखरी न्युज/ काठमाडौँ – नेपाली बजारमा सुनको मूल्यमा आज घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९३ हजार ७ सयमा कारोबार भएकोमा आज तोलामा दुई सयले घटेको हो । सोमबार सुनको मूल्य तोलामा एक सयले बढेको थियो ।

 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य तोलामा १३५० रहेको महासंघले जनाएको छ ।