२०७८ असार १० , बिहिवार

एनएमबि बैंकको अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्ड अब अनलाइनबाटै प्राप्त गर्न सकिने

सुनाखरी न्युज/ काठमाडौँ -एनएमबि बैंकको अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्ड अब आग्रहले अनलाइनबाटै प्राप्त गर्न सक्ने भएका छन्।

 

नेपाल राष्ट्र बैंकले ल्याएको प्रतिपत्र कार्यान्वयन गरी यसअघि नै एनएमबि बैंकले अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्ड जारी गर्न सुरु गरेको थियो। तर वर्तमान असामान्य परिस्थिति र सुरक्षालाई ध्यानमा राखी ग्राहकलाई घरमै बसेर पनि भर्टुअल डलर कार्ड लिने ब्यवस्था मिलाइएको बैंकले जनाएको छ।

 

अब एनएमबि बैंकमा आफ्नो प्यान कार्ड र नागरिकतासहित अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्डको लागि अनलाइनबाटै आवेदन दिई विदेशबाट पाइने सेवाहरु जस्तै– नेटफ्लिक्स, अमेजन, पेपाल, शिक्षालगायत सामाजिक सञ्जालमार्फत पनि आफ्नो व्यवसायलाई आफ्नै कार्डबाट भुक्तान गरी प्रवर्द्धन गर्न सकिने बैंकले जनाएको छ।

 

उपर्युक्त सुविधा https://nmbbanknepal.com/virtual-dollor-card-request-form गई आवेदन दिई तत्काल प्राप्त सकिने बैंकले जनाएको छ। बैंकको देशभरिका १८१ शाखामा यो योजना सञ्चालनमा छ र जुनसुकै शाखाबाट यो सुविधा प्राप्त गर्न सकिन्छ। बैंकले शाखाहरुका साथै देशभरिका १३६ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।