२०७८ असार ८ , मंगलबार

नेपाली राजनीतिमा कांग्रेस लाई कसैले मिनिमाइज गर्नखोज्छ भने त्यो सकिन्छ : कांग्रेस केन्द्रीय सदस्य गिरी

सुनाखरी न्युज/ काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण गिरीले नेपाली राजनितीमा नेपाली कांग्रेस लाई कसैले मिनिमाइज गर्छ भने त्यो सकिन्छ भन्नुभएको छ । इतिहास ले प्रमामितत गरेको छ २००७ साल देखि ६२/६३ को आन्दोलन र संबिधान निर्माण सम्मका आन्दोलन हरुको नेतृत्व गरेको नेपाली कांग्रेस लाई नजर अन्दाज गरेर रास्ट्रपति बिद्या भण्डारी बाट नेपालको संबिधान च्यात्तिएको आरोप लागाउदै १४९ जना बहुमत सांसदहरू को समर्थ लत्याएर प्रधानमन्त्री मा दाबी पुगेन भन्नू र मध्यरातमा ज्ञानेन्द्र शैली अपनाउदै संसद विघटन गर्नु घोर निन्दनीय , निरंकुश र असंवैधानिक काम भएको बताउनु भएको छ । नहुने चुनावको घोषणा गरेर रास्ट्रपति र प्रधानमन्त्रीले सत्ता लम्ब्याउने निरंकुशता लाद्ने मात्रै काम गरे यसबाट उनिहरुले ठूलो मुल्य चुकाउनु पर्ने धारणा राख्नु भएको छ ।

 

 

संसद पुनर्स्थापनाका लागि १४६ जना सांसद हरुको सनाखत पछि पछि एक रेडियो अन्तरबार्तामा बोल्दै कांग्रेस केन्द्रीय सदस्य गिरीले भन्नुभएको छ – हुनै नसक्ने निर्बाचन घोषणा गरेर मुलुक लाई संबैधानिक र राजनीतिक सुन्यता मा लगेर सत्ता लम्ब्याउने र केशर जंग रायमाझी पथमा रुपान्तरण हुने लक्ष बोकेका ओलीको चुनाब ज्ञानेन्द्रले पनि घोषणा गरेको गरे जस्तै हुने बताउदै रास्ट्रपति र प्रधानमन्त्री नेपालको संबिधान च्यात्न लागिपरेको देखियो । उनिहरुले छिट्टै ज्ञानेन्द्रको नियती भोग्न पर्ने छ । अब नेपालको राजनीति नयाँ द्वन्द र भिडन्तमा जाने खतरापूर्ण अबस्था आउन सक्ने छ । नेपाली कांग्रेसले कुनैपनी मुल्य चुकाउन किन नपरोस संबिधान र परिबर्तन संघीय लोकतान्त्रिक गणतन्त्र को संरक्षण सम्बर्द्धन गर्न नेपाली कांग्रेस कुनै पनि मुल्य चुकाउन तयार र प्रतिबद्ध छ :-

 

नेपाल को संबिधान र परिवर्तन संघीय लोकतान्त्रिक गणतन्त्र को संरक्षण र सम्बर्द्धन को लागि नेपाली कांग्रेस अबिचलित रुपमा दृढ र प्रतिबद्ध रहने छ । रास्ट्रपति र प्रधानमन्त्री को असंवैधानिक , अलोकतान्त्रिक र स्वेच्छाचारी कदम विरुद्ध हामीले राजनीतिक र कानुनी लडाइँ प्रारम्भ गरिसके छौ ।

 

सत्तामा बसेर बिगत तीन बर्ष देखि प्रधानमन्त्री को जाल , झेल , षड्यन्त्र र तिकडम लाई साथ ,सहयोग र समर्थन गर्दै रास्ट्रपति भण्डारी ले पदिय मर्यादा र इज्जत गुमाउँदै आइरहेको धारणा राख्दै १४९ जना बहुमत सांसदहरुको समर्थन लाई लत्याएर उनले के . पी . ओलीको पक्षपोषण गरेकी छिन भन्दै नेपाली कांग्रेस केन्द्रीय सदस्य किरण गिरीले नेपाली जनता को भरोसा , बिश्वास र सहभागिता मा आएको नेपाल को संबिधान र परिबर्तन लाई समाप्त पार्ने तर्फ प्रधानमन्त्री र रास्ट्रपति सक्रिय रहेकोले मुलुक नयाँ द्वन्द र भिडन्त मा प्रबेश गर्ने खतरा औल्याउनु भएको छ ।

 

नेपाली कांग्रेस चुनाब बाट किन डराएको भन्ने प्रश्न मा केन्द्रिय सदस्य गिरीले भन्नुभयो – कांग्रेस जनता मा जान कहिल्यै डराउदैन हामी सदा अर्ली इलेक्सन चाहान्छौ । तर यो चुनाब गराउनको लागि होइन निरंकुशता र सत्ता लम्ब्याउने खेल मात्रै भएको ले हामी यश विरुद्ध कानुनी र राजनीतिक लडाइँमा उत्रेका छै । नेपाली कांग्रेस ले बिगतमा जस्तै मुलुकका सबैखाले निरंकुशता र प्रतिगामी प्रयासहरु लाई विफल पार्ने धारणा राख्दै चुनाबमा नेपाली कांग्रेस ले भाग नलिन पनि सक्छ । त्यस पछि मुलुक को हालत के हुन्छ ? भन्ने प्रती प्रश्न राख्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण गिरीले हिजोका निरंकुश तानाशाहहरुले तोकेको चुनाबमा राजनीतिक दलहरूले भाग नलिदा के हबिगत भोग्नु पर्‍यो त्यसको चेतना खड्ग प्रसाद ओली र बिद्या भण्डारी लाई भएकै हुनु पर्दछ भन्नुभएको छ ।