२०७८ असार ६ , आइतवार

पोखरा १९ मा कोभिड क्लिनिक शुरु

शिशिर पौडेल/ पोखरा – बढ्दो महामारीका रुपमा रहेको कोभिड 19 का विषयमा परामर्श दिने उद्देश्यले वडा कार्यालय पोखरा १९ ले जेष्ठ नागरिक तथा कोभिड मनोसामाजिक परामर्श स्वास्थ्य क्लिनिक शुरु गरेको छ। पोखरा 19 लामाचौर बगैंचा रहेको अकला लक्ष्मीनारायण मन्दिरको सभाहलबाट सुरु गरिएको हो।

 

क्लिनिक को एक कार्यक्रमकाबीच वडा अध्यक्ष शोभा मोहन पौडेलले सुरुवात गर्नुभएको हो कार्यक्रममा बोल्दै वडा अध्यक्ष शोभा मोहन पौडेलले पछिल्लो समय को रोनाको महामारी बढिरहेको र देशमा निषेधाज्ञा जारी रहेकाले यसबाट पर्ने प्रभावलाई न्युनिकरण गर्न किल्निक सफल हुने बताउनुभयो । लामाचौर स्वास्थ्य चौकीका प्रमुख श्यामसुन्दर आचार्यले किल्निक बाट कोरोना संक्रमण मुक्त व्यक्ति सामान्य रूघा खोकी भई औषधि नपाइरहेका लक्ष्ीत ब्यक्ति तथा गर्भवती महिलालाई आवश्यक परामर्श दिने बताउनुभयो ।

 

क्लिनिक सावजनिक बिदा बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि चार बजेसम्म सञ्चालन हुने बताइएको छ सोमबार मात्र 30 जना जेष्ठ नागरिक एवं अन्य बिरामीले सेवा लिएको बताइएको छ ।