२०७८ असार ८ , मंगलबार

कोरोना संक्रमणः थपिए ७४२५ संक्रमित, निको भए ७१३५

1

सुनाखरी न्युज/ काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ७४२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा ५ लाख २० हजार ४ सय ६१ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर परीक्षण गरेकामध्ये ७ हजार २२० जनामा पोजेटिभ देखिएको हो। त्यस्तै २०५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएको हो।

 

पछिल्लो २४ घण्टामा २० हजार ४५३ जनाको नमूना परीक्षण गरिएको हो। मन्त्रालयका अनुसार ७ हजार १ सय ३५ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका छन्। योसँगै ३ लाख ९८ हजार ४ सय ८३ कोरोनामुक्त भएका छन्। त्यस्तै यस अवधिमा १८५ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार ५३१ पुगेको छ। हालसम्म कोरोनाबाट निको हुनेको दर ७६.६ प्रतिशत रहेको छ।