२०७८ असार १ , मंगलबार

सेयर बजारमा दिनदिनै नयाँ रेकर्ड, एकैदिन १३ अर्बको कारोबार

stock-market-up

सुनाखरी न्युज/ काठमाडौं ।

सेयर बजारमा दिनदिनै नयाँ रेकर्ड कायम भएको छ । गत वर्ष पछि उछाल आएको सेयर बजार पछिल्लो समय एक पछि अर्को रेकर्ड कायम गर्न थालको छ । सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक २ हजार ८ सय २० नाघेर कायम रेकर्ड राखेको बजारले मंगलबार नयाँ रेकर्ड राखेको हो ।

मंगलबार नेप्से परिसूचकसँगै सेयर कारोबार रकमले ऐतिहासिक रेकर्ड राखेको छ । मंगलबार एकैदिन १३ अर्ब रुपैयाँ भन्दा धेरै सेयर किनबेच भएको छ । यो नेपाली सेयर बजारको इतिहासमै एकैदिन भएको सबैभन्दा धेरै ठूलो कारोबार हो ।