२०७८ असार ६ , आइतवार

खनाल–नेपाल पक्षबाट यी २३ सांसदले गरे रिटमा हस्ताक्षर (सूचीसहित)

सुनाखरी न्युज/ काठमाडौं-

कांग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै झलनाथ खनाल–माधव नेपाल पक्षका २३ जना सांसदले हस्ताक्षर गरेका छन्।

विपक्षी गठबन्धनले आज सर्वोच्चमा बुझाउन लागेको रिटमा नेकपा एमालेको खनाल–नेपाल समूहका २३ सांसदले हस्ताक्षर गरेका हुन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका २६ सांसदमध्ये २३ सांसदले मात्रै रिटमा हस्ताक्षर गरेका सांसद विरोध खतिवडाले जानकारी दिए।

केही सांसद कोरोना लागेकाले र सन्चो नभएकाले उपस्थित हुन नसकेको खतिवडाले जानकारी दिए। यसअघि देउवालाई प्रधानमन्त्रीमा समर्थन गरी हस्ताक्षर गर्नेमध्ये गोकर्ण विष्ट, पवित्रा निरौला खरेल र गणेश पहाडीले हस्ताक्षर गरेका छैनन्। यस्तै अघिल्लो पटक हस्ताक्षर नगरेकी कलिला खातुनले भने यसपालि हस्ताक्षर गरेकी छन्।

देउवालाई प्रधानमन्त्री बनाउन १४९ सांसदले हस्ताक्षर गरेका थिए ।

केके हुन् हस्ताक्षर गर्ने सांसदहरू ? 

१. विरोध खतिवडा
२. जीवनराम श्रेष्ठ
३. घनश्याम भुसाल
४. सोमप्रसाद पाण्डे
५. कृष्णलाल महर्जन
६. झपट रावल
७. निरादेवि जैरू
८. सरलाकुमारी यादव
९. कल्याणी खड्का
१०. लक्ष्मी चौधरी
११. माधवकुमार नेपाल
१२. भीम रावल
१३. कलिला खातुन
१४. रामकुमारी झाँक्री
१५. झलनाथ खनाल
१६. पुष्पा कर्ण कायस्थ
१७. भवानीप्रसाद खापुङ
१८. यज्ञ सुनुवार
१९. सुरेन्द्र पाण्डे
२०. मुकुन्द न्यौपाने
२१. मेटमणि चौधरी
२२. दीपकप्रकाश भट्ट
२३. नारायण खतिवडा