२०७८ असार २ , बुधवार

प्रतिनिधिसभा पुन:स्थापना र देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने मागसहित सर्वोच्चमा रिट

सुनाखरी न्युज/ काठमाडौं-
नेपाली कांग्रेसको संसदीय दलमा छलफल सकेर ५ दलका शीर्ष नेतासहित सांसद सर्वोच्च अदालत गएका छन्।

राष्ट्रपतिले बहुमत हुँदाहुँदै आफूलाई प्रधानमन्त्री नियुक्त नगरेको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा ५ दलका सांसद सर्वोच्च गएका हुन्।

यसअघि सिंहदरबारमा सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका नेता छलफल गरेका थिए।

सांसदहरूले गरेको हस्ताक्षरसहित देउवालाई प्रधानमन्त्री बनाउन माग गर्ने परमादेश दिन सर्वोच्च जान गएका हुन्।