२०७८ असार ८ , मंगलबार

सुनको मूल्यमा सामान्य बृद्धि

सुनाखरी न्युज/ काठमाडौं – नेपाली बजारमा सुनको मूल्यमा आज पनि बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९३ हजार ६ सयमा कारोबार भएकोमा आज तोलामा एक सयले बढेको हो । आइतबार पनि सुनको मूल्य तोलामा तीन सयले बढेको थियो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार २ सय रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर १३५० रहेको महासंघले जनाएको छ ।