२०७८ असार ७ , सोमवार

काठमाडौं उपत्यकामा संक्रमण दर घट्दो, बाहिर भने बढ्नेक्रममा

Corona

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या घट्दै गएको छ । जेठ पहिलो साताको तथ्यांकले उपत्यकामा संक्रमण दर क्रमशः घट्दै गएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। कृष्ण पौडेलले बताए ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार जेठ १ गते काठमाडौं उपत्यकामा २८८२ जनामा संक्रमण देखिएको छ भने साताको अन्तिम दिन जेठ ७ गते २४४७ जनामा संक्रमण देखिएको छ ।

उपत्यका भन्दा बाहिरका जिल्लामा भने संक्रमण बढ्दो छ । यो समयमा दैनिक पहिचान हुने नयाँ संक्रमितको संख्या ९ हजारभन्दा बढी थियो । जेठको पहिलो साता थोरै मात्रामा परीक्षण बढ्दा पनि दैनिक ८ हजारको हाराहारीमा संक्रमण भेटिएका छन् । आइतबार भने ७ हजार ९१४ संक्रमित भेटिए ।

मृत्युलाई तुलना गर्दा पनि यो लहरमा पनि ६० वर्ष भन्दा कम उमेर समूहका व्यक्तिहरुको बढी मृत्यु भएको छ ।