२०७८ असार ८ , मंगलबार

राष्ट्रपति विद्या भण्डारीद्वारा नागरिकतासम्बन्धी अध्यादेश जारी

सुनाखरी न्युज/ काठमाडौं-

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी छिन् । भण्डारीले आइतबार नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकी हुन् ।
सरकारको सिफारिसमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।