२०७८ असार २ , बुधवार

जनमोर्चाका सांसद थापा साधारण सदस्यबाटै निष्कासित

सुनाखरी न्युज/ कास्की —

राष्ट्रिय जनमोर्चा पार्टीका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशसभा सदस्य  कृष्ण थापा पार्टीबाट निष्कासित भएका छन् । शनिबारको बसेको केन्द्रीय बैठकले थापालाई केन्द्रीय सदस्यबाट आजीवन र साधारण सदस्यको लागि एक वर्षका लागि निष्कासन गरिएको केन्द्रीय महासचिव मनोज भट्टले जानकारी दिए ।

‘हामीले उहाँलाई पार्टीको सबै जिम्मेवारीबाट हटाएका छौं’, उनले भने, ‘यसभन्दा पहिला पनि कारबाही गर्दै दलको नेताबाट हटाएका छौं ।’ उनले सांसद पदबाट पनि कारबाही गर्न पहल भइरहेको बताए । पार्टीमा आँच आउने गरी काम गरेको र पार्टी निर्देशन उल्लंघन गरेकाले कारबाही गरिएको भट्टको भनाइ छ । पार्टीले ह्रवीप जारी गर्दासमेत थापाले उल्लंघन गर्दै आएको उनले बताए ।

 

 

अहिले गण्डकीमा गुरुङ नेतृत्वको अल्पमतको सरकार छ । वैशाख २९ मा शपथ लिएका मुख्यमन्त्री गुरुङले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।