२०७८ असार १० , बिहिवार

‘नाच्न नजान्ने आँगन टेडो’ ?

Capture

शिव दुवाडी:
राजनीतिक बिषयमा मैले आज सम्म एकाध बाहेक खासै आफ्नै कलम चलाएको छैन । यसको कारण भनेको यो क्षेत्र प्रतिको मेरो अरुची र बिकर्षण नै हो । आफूले बुझ्ने भएपछि स्नातकोत्तहको अध्ययन गर्दैगर्दा स्पेसटाइम दैनिकवाट मैले वि.सं २०५९ साल देखि आजको दिनसम्म निरन्तर आर्थिक विधामा कलम चलाउँदै आएको छु ।
दुई दशक लामो समयसम्म निरन्तर पत्रकारिता गरेर पनि राजनीतिक क्षेत्रका समाचारमा कलम नचलाएकै कारण धेरै अवसरवाट वञ्चित त हुनु प¥र्यो नै यस दौरानमा थुप्रै हण्डर पनि खाइए । र पछिल्ला केही बर्षयता पृथक क्षेत्रमा आफ्नो रुची हुँदाहुँदै पनि राजनीतिक क्षेत्रका समाचार र देश विदेशको राजनीतिमा पनि चासो भने राख्न थालें ।
पत्रकारिताको अध्ययानकार्यमा पनि आफू संलग्न रहेकोले विश्वका विभिन्न देशको संविधान र प्रेस कानूनका बिषयमा पनि थोरवहुत जानकारी हुने नै भयो । यसक्रमा पश्चिमा मुलुक, युरोपियन मुलुक, एशियन मुलुक र नेपालको राजनीतिलाई सरसर्ती हेर्दा र सुन्दा हाम्रो देश चाहीँ नमूनाकै रुपमा बिश्वमा चिनिँदो रहेछ ।

हामी कहाँ २०४६ सालमा वहुदलिय ब्यवस्थाको पुनस्र्थापना भएपछि (जुन सयमयताका कुरामा आफूलाई थोरवहुत जानकारी छ) देशमा विश्वकै उत्कृष्ट संविधान बन्यो तर कार्यान्वयन पक्ष अत्यन्तै फितलो रह्यो । त्यसयताका कुनै पनि सरकार निश्चित समयावधिसम्म टिकेनन् ।

लिखितरुपमा संविधान नै नभएको देश वेलायत र बिश्वकै सर्वाधिक स्वतन्त्र र उदार मुलुक अमेरिकामा मात्र नभई जापन, जर्मन र छिमेकी मुलुक भारतमा पनि एउटा निश्चित विधि र प्रणाली अनुसार राजनीकिक ब्यवस्था सञ्चालन भएको पाइन्छ । तर हामी कहाँ २०४६ सालमा वहुदलिय ब्यवस्थाको पुनस्र्थापना भएपछि (जुन सयमयताका कुरामा आफूलाई थोरवहुत जानकारी छ) देशमा विश्वकै उत्कृष्ट संविधान बन्यो तर कार्यान्वयन पक्ष अत्यन्तै फितलो रह्यो । त्यसयताका कुनै पनि सरकार निश्चित समयावधिसम्म टिकेनन् । जो जो सरकारमा गए कसैले पनि देश र जनताको हितमा सोचेनन् । सवैले आफू र आफ्नाको सवालमा मात्रै काम गरे । त्यही कारण आज देशको यो हविगत छ । स्रोत, साधान र प्राकृतिक विविधताका हिसावले अर्को स्वीजरल्यणडको उपना दिने गरिएको हाम्रो देशलाई सिमित ब्यीक्तको चंगुलमा निरन्तर फसाइयो । जुन आज आम नेपालीले भोग्दैछौं । सगरमाथाको फेदवाट वग्ने पानी, तराईका समथर जमिनमा फल्ने ‘सुन’ र पहाडका जडिवुटीलाई आज बिश्व बजारमा चिनाउन र औषधिकोरुपमा प्रचार मात्रै गर्न सकेको भए आम नपालीले जन्मँदेमा ऋणको भार वोक्न पर्ने थिएन । एउटा सामान्य जागिरमा लागी अरवको खाडि र मरुभूमिका लाखौं युवाले आफ्नो उर्जाशिल समय ब्यतित गर्न पर्ने थिएन । अफसोच आज त्यो अवस्था रहेन । यसको मूल कारण भनेकै अदूरदर्शी र अक्षम तेतृत्व नै हो ।
एउटा पार्टिको सरकार भएका वेला विभिन्न सरकारी निकाय र आहदामा नियुक्ती पाउने त्यही पार्टीका ब्यीक्तले नै हो । यसमा कसैले केही वोली रान्ख जरुरत परेन । तर विदेशमा आफ्ना भित्रवाट राम्रा र योग्यलाई छानिन्छ तर यहाँ आm्ना भित्रवाट नराम्रा र अयोग्यलाई छानिन्छ । त्यहीँवाट यो सवै वर्वाद भएको हो । आफ्ना भित्रैवाट भएकामध्ये राम्रालाई छान्न सक्ने भए अहिले हामी यो रुपमा गुज्रनुपर्ने थिएन ।
यसमा के पी शर्मा ओली, शेरवहादुर देउपा, झललाथ खनाल, माधव कुमार नेपाल, डा. वावुराम भट्टराई वा जो कोहीले पनि यही गरे । यो वा त्यो भनिरहनु परेन । डा. गोविन्द केसीले अस्पताल खोल्दा विकेन्द्रिकरण गर्नु पर्छ भन्दा हाँसी मजाक गर्ने प्रयार धेरै भए । आज हामीले कोरोना महामारिका कारण के भोग्दैछौं, त्यो जगजाहेर नै छ । सवै ठाउँमा अस्पताल र अक्सिजन भएको भए मृत्युदरमा कमी आउने थियो । विकासको कुरागर्दा अन्तर्राष्ट्रिय सम्मेलन हल र धरहराको हतार हतार उद्घाटन त भयो तर देशको सभाषद्ले बैठक गर्ने स्थल अझै भाडाकै छ, अन्तराष्ट्रिय क्रिकेट रंगशाला वनाउन हास्यकर्मिले चन्दा उठाउँदैछन्, औषधी किन्ने पैसा नभएर राजदुतहरु गुहार्दै छौं, यो भन्दा धेरै चर्चा के गर्नु । यो सवै अदुरदर्शीता र अयोग्यताको पराकाष्ठ हो भन्दा अतियुक्ती नहोला । नेपाल प्रहरीको एउटा सामन्य सिपाही हुन आठ÷दश कक्षा पास गर्नुपर्ने तर सभाषद्, मन्त्रि र प्रधानमन्त्री हुँदा पढेको भन्दा नपढेकोले बढी महत्वपाउने अवस्थमा धेरै अपेक्षा गर्नु नै मुर्खता हो । अझ उमेर, शिर्जनशिलता र नैतिकतको कुरा गर्नु नै वेकार छ ।
र, अन्तिममा अहिलेको राजनीतिक अवस्थाको थोरै कुरा गरौं । माथि नै चर्चा गरिसकिएको छ कि २०४६ देखि आजसम्म कुनै पनि सरकार स्थिर भएन । मुख्य सचिवले राजिनामा दिएर राजदुत वन्ने दिन आयो, अर्थ मन्त्रालयका सचिव जस्ता मान्छे अघिल्लो दिन राजिनामा ठोकेर भोलिपल्ट अमेरिका भासिन थाले । एउटा मनत्रालयको सचिव एकै महिनमा परिवर्तन हुने अवस्था समेत आयो । कर तिर्न जाँदा घण्टौं लाममा वस्नु पर्दछ । सवारीको लाइसेन्स नविकरण गर्न गत कात्तिकमा आवेदन दिएको यस लेखकले अहिले सम्म नविकरण भएको लाइसेन्स हातमा पार्न सकेको छैन । यो एउटा प्रतिनिधी घटना हो । यहीँवाट अनुमान गरौं हामी कहाँ छौं ।

 

प्रधानमन्त्री केपी ओलीले ठीक गरे भन्न खोजेको होइन तर उनले निरन्तर वेठीक गर्दा सुइँको समेत पाउन नसक्ने र उनैलाई वारम्वार साथ दिँदै आउने अन्य दलका नेताले आफू चोखिन खोज्नु वेकार छ ।

अव जहाँसम्म अहिलेको विकसित राजनीतिक घटनाक्रम छ, यस बिषयमा कुरा गर्नुपर्दा यसको जस अपजस अहिलेका प्रमूख सवै दलले लिन सक्नु पर्दछ । प्रधानमन्त्री केपी ओलीले ठीक गरे भन्न खोजेको होइन तर उनले निरन्तर वेठीक गर्दा सुइँको समेत पाउन नसक्ने र उनैलाई वारम्वार साथ दिँदै आउने अन्य दलका नेताले आफू चोखिन खोज्नु वेकार छ । यसको मूल जड अगि नै चर्चा गरेझै अक्षमता, अज्ञानता र अदूरदर्शिता सिवाय अरु केही होइन । किनकी प्रधानमन्त्री ओलीले विगत झण्डै पाँच बर्ष देखि खेल्न शुरु गरेको खेल गोल हान्ने वेलामा मात्रै अन्य दलले बुझ्न खोज्दैछन् । यसमा ओलीको होइन, उनीहरुकै कमजोरी हो । संविधानको धारा ७६ को प्रत्येक उपधाराहरुमा जतिपटक पनि ओलीमात्रै प्रधानमन्त्री वन्ने ब्यवस्था संविधानमा छ ? एकपटक विश्वास गुमाएपछि पुनः दोस्रो पटक उनी नै प्रधानमनत्री वन्दा दलहरु कहाँ थिए ? त्यो अवस्था कसरी आयो ? अन्य दलहरु के हेरेर वसेर उनलाई संसद विधटन गर्न सक्ने अवस्थाा सम्म पुर्याए ? नेपाली उखान छ नि वोल्ने को पिठो विक्छ नवोल्नेको चामल पनि विक्दैन भन्ने त्यो यहाँ चरितार्थ । राष्ट्रपति विद्या भण्डारीलाई पनि ठीन गरिन् भन्न खोजेको त होइन तर वेठीक मात्रै गरिन भन्न पनि सुहाउँदैन । उनलाई दोहो¥याई दोहो¥याई वनाउने । विकल्पको खोजी नगर्ने पछि के होला भविष्यवाणी गर्न नसक्ने अनी अहिले कोकोहोलो गर्ने ? डा. रामवरण यादव राष्ट्रपति हुँदा पनि आफ्नै पार्टीका कुार बढी सुन्थे । उदाहरणकोरुपमा रुक्माङगद काण्डलाई हेर्न सकिन्छ । यसैले अहिलेको राजनीतक विकासक्रम र विपक्षीको रणनीति ‘नाच्न नजान्ने आँगन टेडो’ भन्ने उखानसँग ठ्याक्कै मेल खान्छ ।