२०७८ असार १० , बिहिवार

बढ्यो सुनको मूल्य

सुनाखरी न्युज/ काठमाडौं – नेपाली बजारमा सुनको मूल्यमा आज बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९३ हजार ३ सयमा कारोबार भएकोमा आज तोलामा तीन सयले बढेको हो ।

 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ६ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार एक सय रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर १३४५ रहेको महासंघले जनाएको छ ।