२०७८ असार २ , बुधवार

प्रभु सेलेक्ट फण्डको आवेदन दिने आज अन्तिम दिन

सुनाखरी न्युज/ काठमाडौं – जेठ ५ गते बुधवारदेखि सार्वजनिक निष्कासनमा आएको प्रभु सेलेक्ट फण्टको इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

प्रभु क्यापिटलको व्यवस्थापनमा प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यस योजनाले कुल १० करोड इकाई मध्य ८ करोड ५० लाख इकाई सार्वजनिक निष्कासमा ल्याएको हो । प्रतिइकार्ई रू. १० अंकित दरको कुल इकाईमध्य बाँकी १ करोड ४० लाख इकाई कोष प्रवद्र्धक प्रभु बैंकका लागि र १० लाख कित्ता योजना व्यवस्थापक प्रभु क्यापिटललाई सुरक्षित राखेको छ । यो इकाई खरिदका लागि न्यूनतम १०० इकाई देखि अधिकतम ८ करोड ५० लाख इकाईसम्मका लागि आवेदन गर्न सकिनेछ । यो इकाई छिटोमा जेठ ९ गते र ढिलो अवधि जेठ १५ गते सम्म विक्रीमा रहने मिति तय भएपनि छिटो अवधिभित्रै मागभन्दा बढी आवेदन परेकाले विक्री बन्द गरिन लागिएको हो ।

 

इकाई निष्कासन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै इकाई खरिदका लागि आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका तोकिएको शाखाबाट पनि आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयर मार्फत पनि आवेदन दिन सकिनेछ । प्रभु क्यापिटलले यो इकाई विक्रीका लागि धितोपत्र बोर्डबाट बैशाख १३ गते अनुमति पाएको थियो । बन्दमुखी यस योजनाको अवधि ७ वर्षको रहेको छ । योजना परिपक्क पश्चात योजनाको कुल सम्पत्तिलाई नगदमा परिणत गरी इकाई धनीहरुलाई समानुपातिक हिसाबमा प्रचलित कानुन बमोजिम इकाई धनीहरुलाई बाँडफाँट गरिनेछ ।