२०७८ असार ७ , सोमवार

लागूऔषध सहित १ जना पक्राउ

सुनाखरी न्युज/ मोरङ – मोरङ बिराटनगर १७ मटेरुवा चौक स्थितबाट लागूऔषध सहित १ जना महिलालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी ईटहरी १ कि ४१ बर्षीया रेखा न्यौपाने रहेकी छन् ।

 

शनिबार बेलुका ६ बजे ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनले बोकेको झोलाबाट लागूऔषध DIALEX-DC ५० बोतल, नाईट्राभेट १०० ट्याब्लेट, SPASMO –PROXYVON PLUS -४३२ चक्की सहित नियन्त्रणमा लिएको हो ।पक्राउ परेका उपर थप अनुसन्धान भईरहेको छ ।