२०७८ असार ६ , आइतवार

चार्टर्ड एकाउन्टेन्ट्स संघको व्यवस्थापनमा आइसोलेशन केन्द्र सञ्चालन

सुनाखरी न्युज/ काठमाडौं – नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ(एक्यान)ले काठमाण्डौँ जिल्ला नागार्जुन नगरपालिका वडा नं १, ईचङ्गुनारायण रानीवन स्थीत सरकारको खाली रहेको ब्लक ए भवनमा शनिबारदेखि अक्सिजन सहितको ३०० शैया क्षमताको नेपालकै ठूलो आइसोलेसन केन्द्र सञ्चालन गरेको छ ।

 

उक्त आइशोलेसन केन्द्र अनुमती प्राप्त सर्वाङ्ग स्वास्थ्य सदन सेवा केन्द्रको प्राविधिक सहयोगमा एक्यानले उक्त आइशोलेसन सञ्चालन गरेको हो । कोरोनाको सामान्य लक्षण देखिनासाथ अक्सिजनको ब्याकअप र नर्स र चिकित्सकको चौबीसै घण्टा निगरानिमा आइसोलेसनले सेवा उपलब्ध गराउने छ । यसलाई ३ महिना सम्म सन्चालनमा ल्याइने छ । हाल सुरुमा ५० शैया अक्सीजनयुक्त रहने आईशोलेसन केन्द्र एक हप्तामा पूर्ण क्षमतामा सञ्चालन हुनेछ ।

 

महामारीको यस चुनौतिपूर्ण समयमा मानव जिवनको रक्षा हामी सबैको प्राथमिकतामा पर्नु पर्दछ र यस आइशोलेसन केन्द्रमा विमारीहरुले निःशुल्क सेवा प्राप्त गर्नेछन् । यस कार्यका लागि आवश्यक सहयोगका लागि सबैले आ—आफ्नो क्षेत्रबाट योगदान गर्न एक्यानले अपिल गरेको छ ।