२०७८ असार २ , बुधवार

नेपाल सरकारलाई १४०० अक्सिजन सिलिन्डर सहयोग

सुनाखरी न्युज/ काठमाडौं – देशभरी कोरोना भाइरस दोस्रो लहरको संक्रमण बढेसँगै बालबालिका केन्द्रित संस्था वल्र्ड भिजन इन्टरनेशनल नेपालले १६ जिल्लाहरूमा कोभिड–१९ अस्पताल तथा स्थानिय तहका स्वास्थ्य सेवा प्रदायकलाई लक्षित गरी १,४०० अक्सिजन सिलिन्डर, २० अक्सिजन कन्सन्ट्रेटर, १,०१२ इन्फ्रारेड थर्मामीटर, १,०१२ पल्स अक्सिमिटर र २५ अस्पताल बेड स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहयोग गरेका छन् ।

 

स्वास्थ्य सामग्री माननीय हृदयेश त्रिपाठी (स्वास्थ्य र जनसंख्या मन्त्री), माननीय जुली कुमारी महतो (महिला, बालबालिका र ज्येष्ठ नागरिक मन्त्री) श्री डा. पदम खतिवडा (उपाध्यक्ष समाज कल्याण परिषद) र श्री पुष्कर खाती (समाज कल्याण परिषद्का सदस्य सचिव) को उपस्थितिमा हस्तान्तरण गरिएको हो । उक्त सामग्रीहरूले वर्तमान स्वास्थ्य संकटका बेला सरकारी स्वास्थ्य सेवाहरूलाई सहयोग पु¥याउने तथा स्वास्थ्यकर्मीहरूको सुरक्षा गर्न सहयता गर्नेछन् । काठमाण्डौँस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिसरमा गरिएको उक्त हस्तान्तरण वल्र्ड भिजन इन्टरनेशनल नेपालको ९० दिने कोभिड–१९ दोस्रो लहर आपत्कालिन प्रतिकार्य परियोजना अन्तर्गत गरिएको हो ।

 

कार्यक्रममा माननीय स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले भन्नुभयो, “वल्र्ड भिजन लगायतका विभिन्न सामाजिक तथा मानविय संस्थाहरुको सहयोग यस बिशम परिस्थितिमा सर्हानिय छ । सरकारले सहयोग प्राप्त सामग्रीहरुको अति आवश्यक रहेका जिल्लाका स्वास्थ्य संस्थाहरुमा प्रदान गर्ने छ । यस्ता सामग्रीहरु सहज तथा विकसित स्थानहरुमा मात्र नभई देशै भरी पु¥याउने छ । ” साथै, महिला, बालबालिका र ज्येष्ठ नागरिक मन्त्री जुली कुमारी महताले सरकारले गरेको आहृवानको कदर गर्दै वल्र्ड भिजनले गरेको सहायतामा धन्यवाद व्यक्त गर्नुभयो ।

 

वल्र्ड भिजन इन्टरनेशनल नेपालका कार्यबाहक राष्ट्रिय निर्देशक अनुभव अधिकारीले आफ्नो भनाइ राख्नुभयो, “देशव्यापी फैलिएको कोभिड–१९ नियन्त्रणको लागि नेपाल सरकारलाई एक सक्रिय साझेदारको रूपमा सहयोग गर्न पाएकोमा हामी गौरव महसुस गर्दछौं । यस महामारीका कारण स्वास्थ्य संस्थाहरु निक्कै संवेदनशील अवस्थामा छन् । यस्तो बिषम परिस्थितिमा स्वास्थ्य संस्थाहरुको तत्कालिन आवश्यकताहरू परिपूर्ति तथा स्वास्थ्यकर्मीहरूको सुरक्षा गर्न यी स्वास्थ्य सामग्रीहरुले मद्दत पु¥याउनेछ । तुलनात्मक रुपमा पहिलो लहरभन्दा दोस्रो लहर बढी चिन्ताजन्क रहेको छ । सबै उमेर समुहका मानिसहरूलाई यसले गम्भीर रूपमा असर गरेका छन् भने बालबालिकामा संक्रमण दर उच्च रहेको पाइएको छ । हामीले बालबालिकालाई केन्द्रबिन्दुमा राखी १६ जिल्लामा बहुक्षेत्रीय एकीकृत प्रतिकार्य सुरुवात गरेका छौं ।”

 

 

यस वर्षको मई देखि जुलाई महिनासम्म संचालनमा रहने वल्र्ड भिजन इन्टरनेशनल नेपालकोे प्रतिकार्यले कोरोना भाइरस र यस जोखिम परिस्थितिमा बालसंरक्षण सम्बन्धि विषयहरुमा जनचेतना फैलाउने, सरकारी स्वास्थ्य सेवाहरू सुदृढ गर्ने र नगद कार्यक्रम मार्फत जोखिममा रहेका समुदायहरुको खाद्य सुरक्षा सुनिश्चित गर्ने जस्ता कार्यहरुमा केन्द्रित रहनेछ । उक्त ९० दिने प्रतिकार्य संघीय, प्रान्तीय र स्थानीय सरकारसँगको समन्वय र स्थानीय संस्थाहरूसँगको साझेदारीमा १६ जिल्ला (कञ्चनपुर, कैलाली, अछाम, डोटी, बझाङ्ग, जुम्ला, लमजुङ, ललितपुर, काठमाण्डौँ, सिन्धुली, उदयपुर, सर्लाही, महोत्तरी, रौतहट, बाँके र धनुषा) मा कार्यान्वयन गरिनेछ ।

 

 

गत वर्ष अप्रिल देखि जुलाई (कोभिड–१९ पहिलो लहरमा) मा वल्र्ड भिजनले आपत्कालिन प्रतिकार्य परियोजनाको स्वास्थ्य, खानेपानी तथा सरसफाई, जीवीकोपार्जन र पोषण, बाल संरक्षण र शिक्षा कार्यक्रमहरु मार्फत १०५,००० बालबालिका, १७६,००० वयस्क, ६२,००० घरधुरीहरूलाई तथा १५ लाख मानिसहरूलाई अप्रत्यक्ष सहयोग रुपमा पु¥याएको थियो ।