२०७८ जेठ ३० , आइतवार

एमाले स्थायी कमिटी बैठक सम्पन्न,माधव नेपालसहित ११ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय

सुनाखरी न्युज/ काठमाडौं – नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्माले ओलीले माधव नेपालसहित ११ जनालाई स्पष्टीकरण सोधेका छन्। आजको बसेको स्थायी कमिटी बैठकले उनीहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।

 

प्रधानमन्त्री पदबाट हटाउन विपक्षी गठबन्धनसँग मिलेर हस्ताक्षर गरेको आरोपमा उनीहरूलाई स्पष्टीकरण सोधिएको हो। स्पष्टीकरण सोधिएका सांसदहरूमा माधव नेपाल, झलनाथ खनाल, भीम रावल, रामकुमारी झाँक्री, सरला यादव, कल्याणी खड्का, पुष्पा कर्ण, लक्ष्मीकुमारी चौधरी, मुकुन्द न्यौपाने, निरा जैरु, कलिना खान रहेका छन्।

 

यसअघि शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ ९५० अनुसार प्रधानमन्त्री बनाउन विपक्षी गठबन्धनसँग मिलेर नेपाल-खनाल पक्षका सांसद हस्ताक्षरसहित शितलनिवास पुगेका थिए। यसैगरी प्रधानमन्त्रीले पनि पद मागदाबी पेश गरेका थिए। राष्ट्रपतिले भने दुबैको दाबी नपुगेको बताएकी थिइन्। लगत्तै मन्त्रिपरिषद् बैठकले संसद विघटनको सिफारिस र मध्यावधि चुनावको लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।