२०७८ असार १० , बिहिवार

दार्जिलिङको विख्यात जोकर हमजायगा समेत खित्का छोडेर आज हांस्दै होला

गोपी ढकाल – व्यक्तिलाई वस्तु अनि वस्तु लाई चित्ताको ( अस्तु बनाउन खोज्ने पापाराम  लाई देखेर मलाई पनि जित्यो  भन्दै दार्जिलिङको विख्यात जोकर हमजायगा  समेत आज खित्का छोडेर हांस्दै होला ।

 

तिनै विख्यात जोकर ू हमजायगा ू लाई तपाई हरूले पनि नेपाली चलचित्र कुसुमे रूमालमा पक्कै पनि देख्नु भएकै होला । जब मान्छे पद र कुर्सीका लागि शिरोमणि बन्छ त्यसपछि नीतिगत , कार्यगत र वस्तुगत रूपबाट चिप्लिएर ू जिरो अफ द इयर ू मा पुगेपछि गियर विहीन भएर आशाराम हुँदै ूपापाराम ू बन्दो रहेछ । किन्तु यस्ता व्क्ष्ल्क् ले जस्लाई बोकेपनि र जस्का लागि खोकेपनि त्यो उल्टो भएर जान्छ भन्ने विगतका घटना चक्र बाट सम्बन्धित पक्षले पनि पाठ सिक्नु पर्दछ । दासताको पनि विभिन्न रूप र स्वरूप हरू हुन्छन । मुगल र अङ्ग्रेज हरूको दास दासी बनेर झण्डै एक हजार बर्ष सम्म भारतीय नागरिकले व्यहोर्नुपरेको पीडा हामीले पढेका छौं किन्तु त्यसरी दास बन्नु उनिहरूको रहर थिएन बाध्यता थियो । किनकि दास बन्नु कुनै रहर होइन त्यो त विधाताको अभिशाप ९ सराप वा दोष ० हो किन्तु राजनीतिमा लागेर पनि त्यस्तो अभिशाप जीवन बिताउन रहर गर्ने हरूको झुण्ड देखेर आश्चर्य लाग्ने गरेको छ ।

 

दासता भन्ने बितिक्कै कमारा कमारी नै बन्नु पर्दछ अनि ख्वामितको करेसा बारीमा काम गर्नु पर्दछ भन्ने होइन । जस्तै अमेरिकन हरूले साङ्लाले बांधेर अफ्रिकी मुलुक बाट हप्सी हरूलाई दास दासी बनाउन लगेका थिए । दासताको पनि विभिन्न रूप र स्वरूप हरू हुन्छन त्यसमध्ये पनि राजनीति भित्रको अन्धो दासता , मुक दासता र चुप दासता बारे आज अलिकति पस्कने प्रयास गर्दैछु । गलत गरेको देखेर पनि , जे गरेपनि अनि जे भनेपनि खान पाइने लोभले वाणीस्वरूप ९ सुरिलो श्वरमा ० देखाइएको ख्वामितको मार्गचित्र प्रसादमय मात्र होइन । पूजनीय र महनीय समेत छ भन्दै देवत्वकरण गर्नु भनेको अन्धो दासता हो । अन्धो दासताले भन्छ ( ख्वामित १ विवेक भएका मान्छेले मात्र हजुरमा अन्तर्निहित रहेको चैतन्य स्वरूप जान्दछ , त्यसैले आफुलाई इच्छा लागेको फल , मुक्ति , विजय , संप्रभुता र सबै प्रकारको सिद्धि प्राप्त गर्नका लागि हजुरको आद्या अनि अनाद्या स्वरूपको भक्ति गाथा गाउनेले लाई मात्र त्यस्तो अधिकार रहन्छ । त्यसर्थ सबै राजावादी र हिन्दू वादी हरूको हृदयरूपी कमलमा विराजमान हुनुहुने हजुरको मार्गचित्र प्रति विमति राख्यो अनि सु ( स्पष्ट विचार र अलग पहिचान लाई मिथ्या ठान्दै ख्वामितको निन्दा गर्‍यो भने त्यसको वास निश्चय नै नरकमा हुनेछ ।

 

मुक दासता भनेको (उसको अन्तर हृदयले गलत छ भन्ने जन्दा जान्दै पनि काफल पाक्यो ( काफल पाक्यो भन्दै काफल चरीको सुरिलो श्वरको गीत सुनेर खान पाउने आसक्तिमा चुप बस्नु पर्ने बाध्यता लाई मुक दासता भन्दै बुझ्नु पर्दछ । त्यसैगरी गलत काम भएको छ र त्यसले आफ्नै राजनीतिक जीवनमा समेत नोक्सान पुर्‍याउने भयो भन्दै साथी भाइ संग गुनासो गर्ने मात्र होइन स्वयं मलाई नै आजमात्र सय भन्दा बढी मोबाइलमा कल आयो होला । किन्तु गलत लाई गलत भन्दै तीन तोलाको जिभ्रो पड्काउदा इखालु मान्छे बाट भोली निषेधमा पर्नु भन्दा तीन धार्नीको टाउको हल्लाएर बस्नु नै उचित गोपी जी  भन्ने हरूलाई चुप दासता भनिएको हो ।

अन्तमा भन्नु पर्दा जब सम्म दासताको साङ्लो भत्काएर स्वाभमानी बन्न सक्तैनौं तब सम्म व्यक्ति लाई वस्तु अनि वस्तुलाई लगेर चित्ताको अस्तु बनाउन खोज्ने नोकरशाहको दासता बाट कहिल्यै पनि उन्मुक्ति पाउन सक्तैनौं ।