२०७८ असार ७ , सोमवार

तरूण दलले भन्योः पटकपटक संविधानमाथि आक्रमण स्वीकार्य छैन

सुनाखरी न्युज/काठमाडौं-

नेपाल तरूण दलले प्रतिनिधि सभा विघटन गर्ने कदम स्वीकार्य नहुने बताएको छ।

अध्यक्ष जितजंग बस्नेतले  विज्ञप्ति निकालेर पटकपटक संविधानमाथि आक्रमण गरेकोले त्यो स्वीकार्य नहुने उल्लेख गरेका छन्।

‘यो व्यवस्था तथा लोकतन्त्रको धज्जी उडाउने काममा संलग्नहरू जनताको सामु घुँडा टेक्ने दिन धेरै टाढा छैन,’ उनले भने। सरकारको सिफारिसमा गए राति राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी चुनावको मितिसमेत घोषणा गरेकी थिइन्।