२०७८ असार ८ , मंगलबार

फलुन दाफा एक प्राचिन साधना प्रणाली

mmm

महिमा आचार्य-

सत्य, करुणा र सहनशीलता — यी तीनवटा शब्दहरु नै फलुन दाफाको मुल परिचय दिइरहेका हुन्छन् जो कि यसका प्रमुख चिन्तनहरु हुन् । तैपनि, फलुन दाफाका वारेमा केही जानकारीहरु समेत समेटेर उपस्थित भएकी छु ।
सन १९९२ मा फालुन दाफाका प्रणेता (मास्टर) ली होंगजी द्धारा स्थापित फालुन गोंग मुलतः एउटा साधना प्रणाली नै हो । यसलाई फालुन गोंग अभ्यास पनि भनिन्छ । यो अभ्यास पद्यति शरीर, मन र हृदयलाई शुद्द वनाउने प्राचिन पद्यतिहरु मध्यकै एक हो । हाल विश्वका सत्तरी भन्दा बढि देशहरुका दश करोण भन्दा धेरै मानिसहरुले फलुन दाफालाई अपनाइरहेका छन् ।
यसका प्रणेता मास्टर ली होंगजी पाँचपटक सम्म नोवेल पुरस्कारका लागि नोमिनेट पनि भै सकेका छन् । संसारैभरी मास्टर ली होंगजी द्धारा फालुन दाफा अभ्यासलाई निशुल्क गराइएको छ । फालुन गोंगका पुस्तक, भिडियो आदि सवै नै www.falundafa.org मा पनि निशुल्क रुपमा उपलब्ध गराइएका छन् ।
सन १९९२ मा फालुन गोंगलाई सार्वजनिक गरिएपछि केही बर्षमै यो यतिधेरै प्रसिद्ध हुनपुग्यो कि चिनमा ७ देखि १० करोण मानिसहरु यसको अभ्यासमा लागे । अर्कोतर्पm यसको शान्तिमय प्रकृतिलाई बुझिसक्दा पनि चीनी साम्यवादी पार्टीका प्रमुख जियागं जेमिनले भने फालुन दाफालाई आफ्नो सत्ताको लागि चुनौतीको रुपमा मात्रलागे १ उनले मानिसहरुको मनमा रहेको आफ्नो पकड् फालुन दाफाका कारण कमजोर हुने डरैडरमा जुलाई १९९९ मा यसको अभ्यास माथिनै प्रतिवन्ध लागाए र वर्वरता पूर्वक दमन् समेत सुरु गराइदिए । त्यसपछि, फालुन दाफाका एकलाख भन्दा बढि अनुयायी हरुलाई गैरकानुनी रुपमा बन्दी बनाएर निरन्तर रुपमा अत्याचार गर्न लागियो जुन अहिले पनि जारी छ । २७०० भन्दा बढि मानिसहरुलाई त्याहाँ अत्यन्तै पीडादायी तरिकाले मारियो पनि । जसवाट लाखौँ मानिसहरु प्रभावित भए, धेरै मानिसहरुको आफ्नो परिवारहरु बाट विछोड भयो र धेरैले नोकरीहरु सहित आफ्ना मुल स्वतन्त्रता गुमाए । तत्पश्चात् दूनियाका प्रतिष्ठित संस्थाहरु यूनाइटेड नेशन, ह्युमन राइटस तथा एमनेस्टी इन्टरनेशन समेतले चीन सरकार सँग त्यस्तो नगर्न र मानिसहरुलाई न्याय दिन अपिल पनि गरेको थियो ।
विश्व कल्याणका लगि हुनपर्ने पनि के हो भने, सत्य, करुणा र सहनशीलता जस्ता मानवीय विषयमा भएको साधना प्रणाली प्रति सवैले सकारात्मक दृष्टिले मात्र हेरिनु पर्दछ । अहिले सम्पूर्ण मानव जगतलाई नै कोरोना रुपी शत्रुले ठूलो तनावमा पु¥याइरहेको छ । यस्तोमा फालुन दाफाले मानिसका तनावहरु कमगर्न पनि निकैठूलो मद्दत गर्नसक्छ । जय होस् ।