२०७८ असार ८ , मंगलबार

विपक्षी दलका नेताहरुलाई खुलापत्र…

Shiba

प्रिय नेतागण,
नमस्कार ।
नेपालको राजनीतिक वृत्तमा यतिवेला एकाएक सरगर्मि बड्न थालेको छ । विपक्षी दलहरुले प्रतिनिधीसभाका वहुमत सदस्यको हस्ताक्षर सहित सरकारको दावी गरिरहेका वेला एकाएक प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले पछिल्लो अस्त्र प्रहार गरेपछि कोरोना महामारिको प्रकोपका वीच सिथिल राजनीतिमा कमजोर प्रतिपक्षीलाई जुर्मुराउनुपर्ने बाध्यता सिर्जना भएको हो ।
प्रधानमन्त्री ओली अहिले बजारमा देखिएका नेताहरुमध्ये सवैभन्दा धुर्त र चलाख छन् । उनका गतिविधीले यसलाई प्रष्ट पार्छ । र उनले अहिले एकाएक सत्ताको खेल खेलका पनि होइनन । उनको खेललाई नियाल्न नसक्ने अदुरदर्शी, अक्षम र निकम्मा प्रतिपक्षीको लाचारी पनका कारण उनी पछिल्लो राजनितिक चतु¥र्याङ गर्न सफ भएका हुन् । यसका केही उदाहरण हेरौं ।
पहिलो कुरा,
आज हिँडेको वाटो खन्ने काम प्रधानमन्त्री केपी शर्मा ओलीले झण्डै आधा दशकदेखि शुरु गरेका हुन् । जतिवेदा एमालेका हस्ती शाहना प्रधान र वरिष्ठ नेता झलनाथ खनालजस्तालाई पाखा लगाएर विद्यादेवी भण्डारीलाई मुलुकको राष्ट्रपति वनाउन सके त्यति वेला देखि नै उनले यो गेम जित्ने निश्चित थियो । उनैका दलका अन्य नेतामा यति दुरगामी हेक्का राख्न सक्ने खुवी भएको भए अहिले यो अवस्था आउने नै थिएन ।
त्यतिवेला नेपाली काँग्रेसले यो बिषयमा केही गर्न सक्ने कुरा पनि थिएन । उसँग पनि यस्तो दुरदृष्टिको अपेक्षा गर्नु मुर्खता शिवाय केही हुँदैन पनि । जे होस विद्या देवी भण्डारीको यो प्रवेश आफैंमा अर्थपुर्ण थियो र छ ।
दोस्रो कुरा,
क्रान्तिकारी नेता कम्रेड प्रचण्ड र आफ्नै पार्टीमा प्रतिपक्षको भूमिका खेल्न बाध्य अर्का नेता माधव कुमार नेपालको समेत सहमतिमा दोस्रो पटक पनि राष्ट्रपतिमा विद्या भण्डारीलाई नै पदार्पण गरियो । त्यतिवेला नेपाल र प्रचण्डले एक कदम अगाडि बढेर हेर्न सक्ने कुरै भएन । उनीहरुसँग त्यो हुति छँदैछन् । काँग्रेस सँग पनि कति नै दुरदृष्टि थियो र फेरी उस सँग त्यतिवेला पनि राष्ट्रपतिमा खेल्न सक्ने अधिकार पनि थिएन । जव यो प्रकृया पुराभयो तब नै केपी ओलीले खेल जित्ने निश्चित भैसकेको थियो ।
तेस्रो कुरा,
ओलीको दूरदर्शिता यति थियो कि अन्य दल र नेताले त्यसको भेउ पाउन नै झण्डै पाँच बर्ष लाग्यो । त्यतिवेलासम्म ओलीले चुम्वकको साउथ र नर्थ पोलजस्दै दुई दल एमाले र माओवादीलाई एकै ढिक्का वनाइसकेका थिए, आफूलाई शक्तिसाली देखाउन उनलाई एक पटक त्यो गर्नु नै थियो । गरे । सफल भए । देउवाको वुइवाट एकाएक ओलीको वुइमा जव प्रचण्ड गए त्यतिवेला ओलीले राजनीतिक वृत्तमा अर्को गोल गरिसकेका थिए । त्यो अहिले सावित भएको छ ।
न्यायालय, केही ठूला भनिने सञ्चार माध्यम, लगाम लगाएका सिमित वुद्धिजिवी भनाउँदाहरु र प्रदेश तथा स्थानिय संयन्त्रले ओलीलाई साथदिने वातावरण भित्रभित्रै बन्दै गयो । नेपाल, दाहाल र देउवाहरुले यस्तो छाँटकाँट पाउने कुरै भएन । जुन काम गर्न सक्ने अथाहा गुण ओली वाहेक समकालिन नेतृत्वमा छैदैछैन ।
चौंथो कुरा,
अव ओली गेमको अन्तिम चरणमा छन् । उनीे मध्यावधि चुनावको नाममा एकदलिय तानाशाही शासन लाद्ने प्रयत्नमा रहेको प्रष्ट बुझ्न सकिन्छ । जुन राजा ज्ञानेन्द्रले आफ्नो शासन कालको अन्तिम चरणमा असफल प्रयास गरेका पनि थिए । त्यसैलाई नजिकवाट नियालेका ओलीले अहिले त्यही सूत्र प्रयोग गर्दैछन् । कम्युनिष्ट पार्टी फुटेका वेला फाइदा लिन्छु भनेर सोचेको भए काँग्रेसले फेरी अर्को एक वल्ट्याङ खाने निश्चित छ । जुन ओलीले हुन दिँदैनन् ।
पाँचौं र अन्तिम कुरा,
-विघटिन प्रतिनिधीसभालाई ब्युताउन जसरी राज ज्ञानेन्द्र बाध्य भए, अहिले राष्ट्रपति भण्डारीलाई बाध्य पार्न सक्छन प्रतिपक्षी दलले ? त्यो हिम्मत छ उनीहरुमा ?
-राष्ट्रपति भण्डारीलाई बुझाइएको १४९ जनाको हस्ताक्षर गर्नेलाई लाइन लगाएर सर्वोच्चामा उभ्याएर वहुमत देखाउने हिम्मत छ प्रतिपक्षीमा ?
-सभामुखको साथ लिएर प्रतिनिधीसभाको वैठक डाकेर राष्ट्रपति र प्रभानमन्त्रिलाई कारवाही गर्न सक्ने हिम्मत छ प्रतिपक्षीमा ?
राजा फाल्दा कुन कानून थियो, त्यो केवल आँट र साहासवाट भएको थियो । त्यो आँट र साहस छ प्रतिपक्षीमा ?
-सरकारका सवै निर्णय र कामकारवाही वहिस्कार गरी आम जनतालाई सरकारी राजस्व समेत नतिर्न आग्रहगरी सहयोग माग्ने र स्वास्थ्य क्षेत्रका वाहेक अन्यलाई सरकार विरुद्ध अवज्ञा आन्दोलन र असहयोग गर्न आव्ह्वान गर्ने हिम्मत छ प्रतिपक्षीमा ?
र अन्त्यमा,
-यी सवै कुराको वलमा संसद पुनस्थापना गरी डा. वावुराम भट्टराई, गगन थापा, रामकुमारी झाँक्री, रबि लामिछाने, बिश्व प्रकास शर्मा, गोविन्द केसी, जनार्दन शर्मा, कुलमान घिसिङ, डा. भगवान कोइराला, महावीर पुन जस्ता लाई एक एक गरी छानेर मन्त्रि वनाएर देश र जनताको सेवागर्ने हिम्मत छ प्रतिपक्षीमा ?
-छ भने गरेर देखाउनुहोस् । छैन भने केपी ओलीलाई निर्वाध आफ्नो वाटोमा हिँड्न दिनुहोस् । गन्तब्यहिन यात्रामा समय खेर नफाल्नुहोस् । होइन भने कुटिल ओलिटिक्सको अडाडि तपाइँहरु निरिह प्रतिपक्ष सिवाय अरु केही हुनु हुने छैन ।

धन्यवाद् !

 

शिव दुवाडी
गोरखा (हालः काठमाडौं)

 

‘कोरोना वाट आफू पनि वचौं, अरुलाई पनि बचाऔं’ ।