२०७८ असार १ , मंगलबार

प्रतिनिधिसभा विघटनबारे दलका नेता र संविधानविद्सँग परामर्शगर्दै भामुख सापकोटा, विकल्प खोज्ने तयारी

सुनाखरी न्युज/ काठमाडौँ —

सभामुख अग्निप्रसाद सापकोटा  प्रतिनिधिसभा विघटनको विषयमा विभिन्न संविधानविद् र राजनीतिक नेतृत्वसँग छलफलमा रहेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी मन्त्रिपरिषद्को सिफारिसमा नयाँ निर्वाचन घोषणा गरेको विषयमा प्रतिनिधिसभाका सभामुख सापकोटा छलफलमा जुटेका हुन् ।

सभामुख शनिबार बिहानैदेखि  राजनीतिक दलका नेतृत्वसँग र संविधान तथा कानुनका जानकारहरूसँग छलफलमा रहेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

 

‘प्रतिनिधिसभा विघटनको विषयमा सभामुखज्यू बिहानैदेखि सघन परामर्शमा हुनुहुन्छ । उहाँले मुख्यगरी राजनीतिक दलका शीर्ष नेता र संविधानविद्हरू र कानुन व्यवसायीसँग छलफल गरिरहनुभएको छ,’ न्यौपानेले भने ।

राजनीतिक दलका नेता र संविधानविद्हरूसँग छलफल गरेपछि सभामुख सापकोटाले शनिबार नै प्रतिनिधिसभा विघटनाबारे आफ्नो धारणा सार्वजनिक गर्ने तयारी रहेको बताइएको छ ।