२०७८ असार ७ , सोमवार

प्रभु सेलेक्ट फण्डको इकाईमा तेश्रो दिन १४५ प्रतिशतको आवेदन

सुनाखरी न्युज/ काठमाडौं – जेष्ठ ५ गतेबाट निष्काशन भएको प्रभु सेलेक्ट फण्डको इकाई तेश्रो दिन नै १४५ प्रतिशतले ओभर सब्सक्राइब भएको छ । १० करोड इकाईको माग गरिएकोमा तेश्रो दिनको अपरान्ह ४ बजेसम्म १४ करोड ५६ लाख २० हजार ६०० इकाईका लागि आवेदन परेको छ ।

५६ हजार ३ सय १२ जना सर्वसाधारण लगानीकर्ताहरुबाट १ अर्ब ३० करोड ६२ लाख ६ हजार रकम बराबरको १३ करोड ६ लाख २० हजार ६ सय इकाई खरिदका लागि आवेदन परेको हो । प्रभु क्यापिटलले जेष्ठ ५ गतेदेखि प्रति इकाई रु. १० अंकित दरमा १ अर्ब बारबरको १० करोड इकाई म्युचुअल फण्ड बिक्रीमा ल्याएको हो ।

यो फण्डले १५ प्रतिशत इकाईमध्ये कोष प्रबद्र्धक प्रभु बैंक लिमिटेडलाई १ करोड ४० लाख र कोष व्यवस्थापक प्रभु क्यापिटललाई १० लाख इकाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला गरिएको हो । यो फण्डमा लगानीकर्ताहरुले न्यूनतम १०० इकाई देखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । इकाई खरीदका लागि आवेदन दिने अन्तिम समय छिटोमा जेष्ठ ९ गते आइतबारसम्म रहेको छ ।