२०७८ असार २ , बुधवार

राष्ट्रपति द्वारा संबिधान माथी ” कु ” संसद विघटन असंवैधानिक : कांग्रेस केन्द्रीय सदस्य गिरी

सुनाखरी न्युज/ काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण गिरीले राष्ट्रपति बिद्या भण्डारी बाट नेपालको संबिधान च्यात्तिएको आरोप लागाउदै १४९ जना बहुमत सांसदहरू को समर्थ लत्याएर प्रधानमन्त्री मा दाबी पुगेन भन्नू र मध्यरातमा ज्ञानेन्द्र शैली अपनाउदै संसद विघटन गर्नु घोर निन्दनीय , निरंकुश र असंवैधानिक काम भएको बताउनु भएको छ । नहुने चुनावको घोषणा गरेर रास्ट्रपति र प्रधानमन्त्रीले सत्ता लम्ब्याउने मात्रै काम गरेको आरोप समेत लगाउनु भएको छ ।

 

संसद विघटन पछि एक रेडियो अन्तरबार्तामा बोल्दै कांग्रेस केन्द्रीय सदस्य गिरीले भन्नुभएको छ – चुनाब ज्ञानेन्द्रले पनि घोषणा गरेको थियो न चुनाब भयो न उ रह्यो । रास्ट्रपति र प्रधानमन्त्री नेपालको संबिधान च्यात्न लागिपरेको देखियो । उनिहरुले छिट्टै ज्ञानेन्द्रको नियती भोग्न पर्ने छ । अब नेपालको राजनीति नयाँ द्वन्द र भिडन्तमा जाने खतरापूर्ण अबस्था आउन सक्ने छ । नेपाली कांग्रेसले कुनैपनी मुल्य चुकाउन किन नपरोस संबिधान र परिबर्तन संघीय लोकतान्त्रिक गणतन्त्र को संरक्षण गर्ने छ ।

 

सत्तामा बसेर बिगत तीन बर्ष देखि प्रधानमन्त्री को जाल , झेल , षड्यन्त्र र तिकडम लाई साथ ,सहयोग र समर्थन गर्दै रास्ट्रपति भण्डारी ले पदिय मर्यादा र इज्जत गुमाउँदै आइरहेको धारणा राख्दै १४९ जना बहुमत सांसदहरुको समर्थन लाई लत्याएर उनले के . पी . ओलीको पक्षपोषण गरेकी छिन भन्दै नेपाली कांग्रेस केन्द्रीय सदस्य किरण गिरीले नेपाली जनता को भरोसा , बिश्वास र सहभागिता मा आएको नेपाल को संबिधान र परिबर्तन लाई समाप्त पार्ने तर्फ प्रधानमन्त्री र रास्ट्रपति सक्रिय रहेकोले मुलुक नयाँ द्वन्द र भिडन्त मा प्रबेश गर्ने खतरा औल्याउनु भएको छ ।