२०७८ असार ७ , सोमवार

राष्ट्रपति सँग देउवा लाई प्रधानमन्त्री नियुक्त गर्नु बाहेक अरु विकल्प छैन : कांग्रेस केन्द्रीय सदस्य गिरी

सुनाखरी न्युज/ काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण गिरीले नेपाली कांग्रेस सभापति एबं संसदीय दलका नेता सांसद शेर बहादुर देउवा लाई प्रधानमन्त्री पदमा नियुक्त गर्नु बाहेक राष्ट्रपति बिद्या देबि भण्डारी संग अरु कुनै विकल्प छैन भन्नुभएको छ ।

 

राजनीतिक र नैतिक रुपमै प्रधानमन्त्री ओलीले संबिधान को धारा ७६ (५) बमोजिम पुनर्नियुक्तीको दाबी गर्न सक्दैन भन्दै आज साझ विपक्षी गठबंधन ले १४९ सांसदहरुको हस्ताक्षर सहित सांसद शेर बहादुर देउवा लाई नेपाल को संबिधान को धारा -७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्त गर्न दाबी प्रस्तुत गरे पछि रेडियो अन्तरबार्ता दिदै केन्द्रीय सदस्य गिरीले प्रधानमन्त्री ओलीकको द सत्ता कब्जाको नियत लाई साथ दिने दाउमा राष्ट्रपति हो भने त्यो नेपाल को संबिधान र परिबर्तन संघीय लोकतान्त्रिक गणतन्त्र को लागि ठुलो दुर्भाग्य हुनै कुरा बताउनुभयो ।

 

तीन बर्ष सम्म कुनै बिषयमा परामर्श नलिने अहिले किन ? भन्ने प्रश्न राख्दै कांग्रेस केन्द्रीय सदस्य गिरीले भन्नुभएको छ – गत बैशाख -२७ गते ९३ जना मात्रै सांसद ओली पक्षमा रहेको प्रमाण हुदाहुदै र म बिश्वास को मत लिन्न अर्को सरकार गठनको लागि मार्ग प्रसस्त गर्दछु भनेका प्रधानमन्त्रीले कसरी बहुमत छ भनी गर्न सक्छन् ? यस्तो अबस्थामा बिपक्षी गठबन्धनको १४९ जना संसदको समर्थन को अविस्कार गर्ने अधिकार राष्ट्रपति लाई छैन भन्नुभएको छ ।

 

 

प्रधानमन्त्री ओली संग अलिकति पनि राजनीतिक नैतिकता संबैधानिक मूल्य र मान्यता एबं संसद तथा संसदीय प्रणाली प्रती आस्था थियो भने धारा ७६ को ५ बमोजिम प्रधानमन्त्री दाबी गर्नै मिल्दैन भन्दै नेपाली कांग्रेस केन्द्रीय सदस्य किरण गिरीले राष्ट्रपतिले संबिधान को संरक्षक हुनुपर्छ ओलीको पक्षपोषक होइन भन्दै देउवा लाई प्रधानमन्त्री नियुक्त नगरी अन्यथा भयो र १४९ जना सांसद को समर्थन लाईलाइ अस्विकार गरियो भने त्यस पछि संबिधान अनुसार हुने धेरै कुरा अहिले बताइ रहनु नपर्ला भन्नुभएको छ ।