२०७८ असार १० , बिहिवार

पछिल्लो २४ घण्टामा ७ हजार ८९० कोरोना संक्रमित निको : १७७ जनाको मृत्यु

Corona

सुनाखरी न्युज/ काठमाडौं- आज देशभरमा ७ हजार ८९० जनाले कोरोनालाई जितेका छन् । योसँगै हालसम्म नेपालमा कोरोनाबाट ३ लाख ७४ हजार ८ सय ३६ जनाले कोरोनालाई जितेका स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज देशभर थप ८ हजार ६०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ३५३ जना पीसीआर र ८७३ जनाको एन्टीजेन परीक्षण गर्दा ८ हजार ६०७ जनामा पोजेटिभ देखिएको हो ।अहिले १ लाख १६ हजार १९२ जना संक्रमित आइसोलेसनमा छन् । नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख १ हजार ११६ पुगेको छ भने ३ लाख ७४ हजार ८३६ निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाले १७७ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६०२४ पुगेको मन्त्रालयले जनाएको छ । यसअघि हिजो १९० जनाको मृत्यु भएको थियो ।