२०७८ असार ७ , सोमवार

प्रधानमन्त्रिमा देउवाको दावी शीतलनिवासमा दर्ता, राष्ट्रपतिको प्रतिक्रिया– म हेर्छु

सुनाखरी न्युज/ काठमाडौं-

१४९ जना सांसदको  शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दाबी गर्दै पत्र राष्ट्रपति कार्यालयमा दर्ता भएको छ । एमाले नेता माधव कुमार नेपाल समेतका नेताहरुले राष्ट्रपतिलाई भेटेर बहुमत हस्ताक्षर सहितको दाबी दर्ता गराएका हुन् ।
राष्ट्रपतिले संविधान र कानून हेरेर विज्ञहरुसित सल्लाह गरेपछि निर्णय लिने बताएको शीतलनिवास पुगेका एक नेताले  जानकारी दिए ।