२०७८ असार १० , बिहिवार

शीतल निवासबाट निस्किए प्रधानमन्त्री ओली

सुनाखरी न्युज/ काठमाडौँ —

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय शीतल निवासबाट निस्किएका छन् । शुक्रबार दिउँसो ३ बजेर ३२ मिनेट जाँदा शीतल निवास पुगेका ओली करिब ४० मिनेट बसेर बाहिरिएका हुन् ।

विपक्षी दलले सरकार गठनका लागि बहुमत सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालय जाँदै गर्दा प्रधानमन्त्री ओली पनि त्यहाँ पुगेका थिए । विपक्षी दल कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र एमालेको माधवकुमार नेपालसमूहका १४९ सांसदको हस्ताक्षरसहित नेताहरु राष्ट्रपति कार्यालय पुगेका छन् ।

राष्ट्रपतिले संविधानको धारा ७६(५) अनुसार सरकार गठनका लागि साँझ ५ बजेसम्मको समय दिएकी थिइन् ।